कीवर्डहरू -

समाचार

गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु, टेलिकम कर्मचारी सम्मानित

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित “सेवा शुभारम्भ कार्यक्रम”मा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख (मेयर) तथा कार्यक्रमका प्रमुख अतिथि भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो ।

उहाँले नेपाल टेलिकमको सेवा विस्तारको कार्यशैली आक्रामक बन्दै गइरहेको बताउँदै यसले सदैव नम्बर १ कम्पनीको रुपमा स्थापित रहिरहन कठिन नहुने धारणा राख्नुभयो ।  सोही अवसरमा उहाँले टेलिकम कार्यालय गल्याङले वर्तमान अवस्थामा गरिरहेको सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख राम राज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभयो ।

कार्यक्रममा टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले संस्थाको उन्नतिका लागि अहोरात्र खटिन तयार रहेको बताउँदै आपूmलाई सम्मान गरेकोमा गल्याङ नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल टेलिकमको उद्देश्य भनेकै सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताउँदै सेवा उपभोग गर्न इच्छुक जोकोहीलाई रित्तो हात फर्काउन नहुने धारणा राख्नुभयो ।

त्यसैगरी कार्यक्रमका सभापति तथा वडा नं.११ तुलसीभन्ज्याङका अध्यक्ष शंकरदेव अधिकारीले सेवा जडान भएकोमा खुसी व्यक्त गर्दै वर्षौदेखिको सपना साकार भएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत यस्तै किसिमको विस्तार कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सोका लागि आफु सहयोग गनै तत्पर रहेको जानकारी दिनुभयो ।

टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो ।

समाचार

एनसेल र एक्जिएटालाई ४० अर्ब कर तिराउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर एनसेल र विदेशी कम्पनी एक्जिएटाबाट असुल गर्न बुधबार सरकारलाई परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेत…

महिन्द्राको भ्यालेन्टाइन अफर, स्कुटर तथा बाइक किन्दा ८ हजार छुट

महिन्द्रा टु ह्वीलर्सअन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन डेको अवसर पारेर विशेष छुट दिएको छ।

महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपियाँ …

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना

संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति त…

प्रदेश २ का हरेक पालिकामा प्राविधिक शिक्षालय खोल्ने तयारी

महोत्तरी । आगामी आर्थिक वर्षभित्र प्रदेश २ का प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

आज …

चाईल्ड सेफ्टी पोर्टल शुरु, बाल यौनदुर्व्यवहारजन्य सामाग्रीको निर्मूल पार्ने उद्देश्य

इन्टरनेटमा रहेका बालदुर्व्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाईल्ड सेफ्टी पोर्टल (www.childsaf…

चाईल्ड सेफ्टी पोर्टल शुरु, बाल यौनदुव्र्यवहारजन्य सामाग्रीको निर्मूल पार्ने उद्देश्य

इन्टरनेटमा रहेका बाल यौनदुव्र्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाईल्ड सेफ्टी पोर्टल (

एप्पल वाचको ‘फल अलर्ट’ ले मेरो जीवन बचायो– टोराल ओस्टवाङ

नर्वेका एक वृद्धाले आफ्नो जीवन एप्पलको स्मार्टवाचमा रहेको 'फल अलर्ट डिटेक्ट'ले बचाएको बताएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स सलुसन, सफ्टवेयर र सर्भिस प्रोभाइडर फ्युजमेसिनले नेपालमा ‘२०१९ एआइ फेलोसिप’को सुरुवातको घोषणा गर…

दुई आइएसपीको लाइसेन्स खारेज

नविकरण नगर्ने दुई इन्टर सेवाप्रदायक कम्पनीहरुको लाइसेन्स खारेज भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइटेल कम्युनिकेशन प्रालि जावलाखेल, ललितपुर र सेभेन स्टार…

एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा

एनआईसी एशिया बैंक लि.को जलजला गाउँपालिका वडा नं.३, वारीवेनी पर्वत स्थित वारीवेनी शाखाको जलजला गाउँपालिकाका अध्यक्ष श्र…

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइँदै

काठमाडौँ  । विश्वमा प्रत्येक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइँदै आएको ‘सुरक्षित इन्टरनेट दिवस’ यस वर्ष फेब्रुअरी ५ तारिख (…

गूगलको जीबोर्डमा तामाङ्ग, लिम्बु र डोट्याली भाषामै टाइप गर्न सकिने

काठमाडौं । गूगलको लोकप्रिय की बोर्डले थप भाषाहरु आफ्नो एपमा समावेश गरेको छ । गूगलको कीबोर्ड जीबोर्डले थप ५० भाषाहरु आफ्नो प्लेटमर्फमा समावेश गरेसँगै अब …

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ ।

टेलिकमका सह प्रव…

नयाँ प्रबिधिमा आधारित टेलिभिजन प्रशारण कम्पनि ‘कन्चन’को सुरुवात 

अत्याधुनिक डिजिटल प्रविधिमा आधारित रहेर स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको छ। २ बर्षदेखि सुदुरपश्चिम क्षेत्रबाट परिक्षण गरिएको यो प्रबिधि अब काठमाड…