कीवर्डहरू -

समाचार

‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न

नेपालमै पहिलो पटक साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेका छन् भन्ने विषयमा एक दिने कन्फ्रेन्स आयोजना गरिएको छ ।

साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआरआइ)को आयोजनामा काठमाडौंको टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा भएको सो सेमिनारमा साइबर सेक्युरिटी र आइटी विषयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषय विज्ञहरुले सहजीकरण गर्नुभएको थियो ।

\"Image

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. सुवर्ण शाक्यले वर्तमान साइबर सुरक्षाको व्यवस्थापन र यो क्षेत्रको विस्तार एवं प्रवद्र्धन गर्न राष्ट्रिय तहको साइबर सेक्युरिटी पोलिसी आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै सूचना सुरक्षाको जोखिम पनि बढिरहेको बताउनु भयो । ‘प्रविधिको सदुपयोग मात्रै होइन, दुरुपयोगका घटना पनि दिनप्रतिदिन भइरहेका छन् । यसलाई रोक्न नीतिगत ढंगबाटै पहल हुनुपर्छ,’ प्रा.डा. शाक्यले भन्नुभयो । अहिले सफ्टवेयर सेवाको रुपमा विकसित भइरहेको धारणा राख्दै क्वालिटी सफ्टवेयर डेभलपमेन्टमा जोड दिन सके जोखिम न्यूनिकरणमा सहयोग पुग्नेसमेत बताउनु भयो ।

उहाँले साइबर सेक्युरिटीसम्बन्धी धेरै विषयमा अनुसन्धान गर्न सकिने जानकारी दिदै भन्नुभयो, ‘विद्यार्थीले स्पेसलाइज्ड भएर कुनै टपिकमा आफ्नो रिसर्च एरिया बनाउनुपर्छ । यससम्बन्धी नीतिगत व्यवस्था, साइबर सेक्युरिटीसम्बन्धी पूर्वाधारको अवस्था, साइबर अपराध र यससम्बन्धी समस्या, जनशक्तिको अवस्था लगायत धेरै विषयमा अनुसन्धान गर्न सकिन्छ । राम्रो रिसर्चर बन्न वा विज्ञ हुन यस्ता कुरामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अध्ययन अनुसन्धान गर्न जरुरी छ ।’

\"Image

कन्फ्रेन्समा नेपाल प्रहरीका एसएसपी नवीन्द्र अर्यालले 'साइबर सेक्युरिटीमा अवसर', सनराइज बैंककी सिनियर आइटी अफिसर दिव्यतारा शाक्यले 'बैंकिङ क्षेत्रमा साइबर सेक्युरिटी', स्मार्ट सिटी विज्ञ हेमन्त बरालले 'स्मार्ट सिटी र आइसिटीको भूमिका; र बिमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले 'अनुसन्धान पद्धति' विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीलाई सहजीकरण गर्नुभएको थियो ।

टेक्सास इन्टरनेश्नल एजुकेशन नेटवर्कका सिइओ भेषराज पोखरेलले साइबर सुरक्षामा करियर देख्ने विद्यार्थीलाई यो क्षेत्रको अनुसन्धानमा पनि अवसर रहेको बताउनुभयो ।

\"Image

साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआरआइ)का अध्यक्ष चिरञ्जिवी अधिकारीले नेपालमा साइबर सेक्युरिटीसम्बन्धी रिसर्चको कल्चर सुरुवात गर्न आफ्नो संस्थाले कार्यक्रम सुरुवात गरेको जानकारी दिनुभयो । ‘साइबर सेक्युरिटीसम्बन्धी बृहत् अनुसन्धान भएकै छैन । हचुवाको भरमा हामीले जोखिम छ भनिरहेका छौं । यससम्बन्धी तथ्यपरक जानकारी हुने हो भने हामीलाई थप कार्यक्रम ल्याउन र याे क्षेत्रकाे विश्लेषण गर्न सजिलो हुन्छ,’ उहाँले भन्नुभयो ।

यो क्षेत्रमा अनुसन्धानका कार्य अगाडि बढाउन र इन्डस्ट्री र एकाडेमियाबीचको सम्बन्ध बढाउन सिएसआइआरले योजनाबद्ध कार्यक्रम ल्याउने जानकारी पनि उहाँले दिनुभयाे ।

\"Image

समाचार

पुरनको बन्दाले बजार पायो, मेट्रो तरकारीको उदाहरणीय काम

चितवन । अनलाइनबाटै ताजा तरकारी खरिद गर्न सकिन्छ भन्ने अवधारणा स्थापित गरेको मेट्रोतरकारी डटकमले किसानकाे हितका लागि उद…

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

चिनियाँ प्रविधि कम्पनी ह्वावेले फाइभ जी मल्टीमोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरेपछि बार्सिलोन…

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै

सिभिल इञ्जिनीयरिङमा बढ्यो विद्यार्थीकोे आकर्षण

काठमाडौँ,१५ माघ । पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थ…

राजधानीमा सुरु भयो क्यान इन्फोटेक मेला

काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको सुबिसु क्यान इन्फोटेक सुरु भएको छ ।

स्मार्ट सेलले ल्यायो इजी लोन र थोरै पैसामा नेटटिभी हेर्ने सुविधा

स्मार्ट सेलले नयाँ सुविधा ल्याएकाे छ । नयाँ सुविधमा स्मार्टले  इजिलोन तथा न्यूनतम शुल्कमा नेट टिभि हेर्न मिल्ने याेजना ल्याएकाे हाे ।

यससँगै स्मा…

कप्तान पारसले शतक प्रहार गर्दा नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

कप्तान पारस खड्काले एक दिवसीय खेलमा नेपालको लागि पहिलो शतक प्रहार गर्दा दुबईमा जारी युएई विरुद्धको तीनको श्रंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । …

डिश होमको नयाँ योजनाहरु, अब सबैभन्दा कम मूल्यमा

डिजिटल प्रविधिबाट ग्राहकहरुमा गुणस्तरिय सेवा दिँदै आएको डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमा नै सवैभन्दा सस्तो मासिक मुल्यम…

ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै 

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्यांक त छैन…

फोरजी विस्तारमा अनियमितताको आशंका

काठमाडौँ । नेपाल टेलिकमको फोरजी विस्तारका लागि ठूलो रकम खर्चिएर अनियमितता गर्न खोजिएको सतारुढ…

बिराटनगरमा बिजसंसार डटकमको औपचारिक सुभारम्भ

पछिल्लो समय प्रबिधिको बिकासक्रम सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन शैली बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान नै…

गार्टनर ग्रुपको म्याजिक क्वाड्रान्टमा लगप्वइन्ट सूचीकृत

आइटी कन्सल्टिङ फर्म गार्टनरले हालै प्रकाशनमा ल्याएको निकै चर्चित र प्रभावकारी ‘म्याजिक…

\'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा\' को सम्पूर्ण तयारी पूरा


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । 

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्र…

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।


 सोम…