समाचार
फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे
ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।
हुवावे यो सूचिमा पनि सफल एकमात्र चिनियाँ ब्रान्ड हो । सन् २०१७ मा पहिलोपटक फोब्र्सको सूचिमा पर्न सफल हुवावेले यस बर्ष हुवावे फोब्र्सको सूचिमा ७९ औं स्थानमा छ ।
गत साल ७.३ अमेरिकी डलर ब्रान्ड मूल्यसहित हुवावे फोब्र्सको सूचिमा ८८ औं स्थानमा थियो । एक बर्षमै हुवावेको ब्रान्ड मूल्यमा १५ प्रतिशत वृद्धि भएको छ र फोब्र्सको सूचिमा नौ स्थान माथि उक्लिन सफल भएको छ ।
फोब्र्सको सूचिमा प्रविधि उत्पादन गर्ने कम्पनीहरूको बर्चस्व रहँदै आएको छ । यस बर्ष पनि प्रविधि उत्पादन गर्ने कम्पनीहरू नै पहिलो पाँच स्थानमा छन् । र, तिनले सूचिमा समावेश १०० कम्पनीको कुल ब्रान्ड मूल्यमा २० प्रतिशत हिस्सा ओगट्छन् । विगत आठ बर्षमा झैँ यस बर्ष पनि एप्पल सूचिको पहिलो स्थानमा रहन सफल भएको छ ।
त्यसपछिका चार स्थानमा क्रमशः गूगल, माइक्रोसप्mट, फेसबुक र अम्याजन छन् । सूचिमा समावेश १०० कम्पनीहरू विभिन्न १६ देशका छन् । तीमध्ये सबैभन्दा बढी ५४ कम्पनी अमेरिकामा छन् । दोस्रोमा १२ कम्पनीसहित जर्मनी छ । जापान र फ्रान्सका ७–७ वटा कम्पनी छन् । चीनबाट अभै पनि हुवावे बाहेक अर्को ब्रान्ड सूचिमा छैन ।
सन् २०१७ को डिसेम्बरसम्ममा हुवावेले कुल ७४,३०७ प्याटेन्ट प्रदान गरिसकेको छ । यस्तै, ६४,०९१ चिनियाँ प्याटेन्टका लागि निवेदन दिइसकेको छ । र, ४८,७५९ विदेशी प्याटेन्ट हासिल गरिसकेको छ । तीमध्ये ९० प्रतिशत invention patents छन् ।
समाचार
ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा
सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसह…
वानप्लस ६ नेपाल भित्रियो, मुल्य ७० हजार माथी
वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ ।
‘वानप्लस ६’मा आजको मितिमा…
“किरानामा” कुमारी बैंकको महाबचत योजना
कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति …
गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा सुचारु
नेपाल टेलिकमले मिस्ड कल एलर्ट Missed Call Alert - MCA सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दि…
काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने
काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ…