टिप्स
गुगल म्यापमा लाइभ लोकेसन कसरी सेयर गर्ने ?
तपाईं गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसँग सेयर गर्न सक्नुहुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुँदैन भन्ने प्रश्न आउनु स्वाभाविक नै हो । यसमा तपाईंले आफ्नो लोकेसन हेर्नका लागि छनोट गरेका व्यक्तिहरुले मात्र हेर्न सक्छन् र तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय पनि निर्धारण गर्न सक्नुहुन्छ ।
यसरी सेयर गर्नुहोस् तपाईंको लाइभ लोकेसन :
१. पहिला गुगल म्यापमा भएको साइड मेनु खोल्नुहोस् र लोकेसन शेयरिङलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि गेट स्टार्टेडमा थिच्नुहोस् ।
२. तपाईं आफ्नो लाइभ लोकेसन सेयरको समय निर्धारण गर्न सक्नुहुन्छ । तपाईं कति समयका लागि आफ्नो लोकेसन सेयर गर्न चाहनुहुन्छ, त्यहाँ दुई अप्सन रहेको हुन्छ, “एक घण्टाका लागि वा तपाईंले म्याप बन्द नगरेसम्म”मध्ये कुनै एक अप्सन छनोट गर्नुहोस् ।
३. त्यसपछि तपाईं लाइभ लोकेसन को–कोसँग बाढ्न चाहानुहुन्छ, छनोट गर्नुहोस् वा तपाईंको कन्ट्याक्ट लिस्टमा भएको कोही व्यक्तिसँग सेयर गर्न सक्नुहुन्छ ।
४. तपाईंले लोकेसन शेयरिङको ठीक तल रहेको क्रश थिचेर कुनै समयमा पनि आफ्नो लोकेसन सेयर बन्द गर्न सक्नुहुन्छ ।
तपाईंले आफ्नो लाइभ लोकेसन सेयर गरेपछि छनोट गरेका साथीहरु र परिवारमध्ये को–कोले तपाईंको लाइभ लोकेसन हेर्दै छन् भन्ने थाहा पाउन सक्नुहुन्छ।
टिप्स
गुगल म्यापमा लाइभ लोकेशन कसरी सेयर गर्ने ?
तपाईले गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसगँ सेयर गर्न सक्नु हुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुदँैन …
डिजिटल क्यामेरा किन्दा ध्यान दिनुपर्ने कुराहरू
डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ । यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थाम…
यसरी छान्नुहोस् राम्रो स्मार्टफोन
विविध कारणले तपाईलाई नयाँ फोनको आवश्यक परी रहेको छ ? के ? कस्तो ? कुन ब्राण्डको ? एन्ड्रोइड वा आइओएस कुनको अपरेटिङ सिस्टम राम्रो छ ? धेरै वैकल्पिक छनौट बजा…
स्मार्टफोनको स्पीड कसरी बढाउने ?
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तर्पालाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडी आफ्नो मोबाइल प्रयो…
एन्टिभाइरस खरिद गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस
१. माल्वेरको पहिचान
सबैभन्दा खतरनाक माल्वेरहरुमा भाइरस र वार्म ह…
के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?
एनएफसी
एनएफस…