अपडेट
एनसेलले ल्यायो ‘मज्जाको प्लान’, ५९९ रूपैयाँमा २० जीबी डेटा र १५० मिनेट टक टाइम
एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ ।
यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ यहि चैत्र ०३ गते शुक्रबार देखि संचालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् ।
ग्राहकले यो स्टार्टर प्याक कर सहित रु ५९९ मा खरिद गर्न सक्छन् । यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागि मान्य रहनेछ ।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले रु २०० देखि रु ४९९ को रिचार्जमा ५% बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने रु ५०० वा सो भन्दा बढिको रिचार्जमा १०% बोनसको मजा लिन सक्छन् ।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रु ५९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिन सम्म जति पटक पनि खरिद गर्न सक्छन् ।
त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् ।
सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ ।
ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।
अपडेट
नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’
नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वा…
भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै
चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौ…
च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने
माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म…
एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट नवराज कुँवरले कार्यसमिती सदस्यमा उम्मेदवारी दिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत…
काठमाडौंमा एपानको सम्मेलन सुरू, अनुसन्धान र शैक्षिक संजाल विस्तारमा सहयोग पुग्ने विश्वास
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सह…
नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या
नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा समस्या आएक…
वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित
खल्तीले नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको छ । वीरगंज …
पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने
पाँच दिनसम्म सञ्चालन हुने एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन …
आइएमई पेमा रियाबाट रेमिट्यान्स पठाउँदा क्यासब्याक पाइने
आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स पठाउँदा क्यासब्याकको अफर …
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरू…
मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याक अफरलाई आईएमई पेको निरन्तरता
आइएमई पेले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ …
महिला लघुवित्तको किस्ता अब खल्तीबाट भुक्तानी गर्न सकिने
डिजिटल वालेट खल्तीले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्यको गरेको छ । …
टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प, पेट्रोल डिजेलबाट चल्ने गाडी विद्युतीयसँग साट्न मिल्ने
टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा द इलेक्ट्रिफाइङ एक्सचेञ्ज क्याम्प सुरू गरेको छ…