वर्कशप
बुटवल र धनगढीमा युवतीहरूका लागि आयोजना भएको कोडिङ वर्कशप सम्पन्न
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा बुटवल र धनगढीमा युवतीहरूका लागि आयोजना भएको कोडिङ वर्कशप सम्पन्न भएको छ । डिजिटल रूपान्तरणको यात्रामा युवतीहरूलाई जोड्ने उद्देश्यसहित वर्कशप आयोजना भएको थियो ।
असार १८ गते बुधबार बुटवलको होटल पाम इन्टरनेशनल र १९ गते बिहीबार धनगढीको सौराई स्क्वायरमा दिनभर कोडिङ वर्कशप सञ्चालन भएको थियो ।
बुटवलमा १०० र धनगढीमा ९५ युवतीहरू वर्कशपमा सहभागी भएका थिए । धेरैजसो युवतीहरू पहिलोपटक कोडिङ चुनौतीमा सहभागी भएका थिए । सहभागीहरूलाई विभिन्न ग्रुपमा बाँडेर मेन्टरशीप र गाइडेन्स प्रदान गरिएको थियो ।
यसले काठमाडौं मात्र नभएर काठमाडौं बाहिर पनि कोडिङमा युवतीहरूलाई दक्ष बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
यसअघि २३ मेमा होटल हिमालयमा गर्ल्स इन आइसिटीको अवसरमा गर्ल्स इन आइसिटी नेपाल कन्फेरेन्स आयोजना गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप बुटवल र धनगढीमा कार्यक्रम भएको हो ।
आईटीयु र दूरसञ्चार प्राधिकरण बाहेक वर्कशपलाई सफल बनाउन वुमन लिडर्स इन टेक्नोलोजी, रोबोटिक्स एशोसिएसन अफ नेपाल तथा आइसिटी फाउन्डेसन नेपालले समन्वय गरेका थिए ।
वर्कशप
चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला 'एनपीनोग नाइन' हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (ए…
बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने भएको छ । सीएसआईटी एशोशिएसन नेपाल बुटवल मल्टिपल क्या…
आज सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुँदै
शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुने भएको छ । सगरमाथा …
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने
सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू ल…
केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सम्पन्न, छनोट भएका १० जना शिक्षकलाई थाइल्याण्ड गएर थप सिक्ने अवसर
नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…