शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

अब काठमाडौं उपत्यका खानेपानीको बिल अनलाइनबाटै तिर्न सकिने छ, यस्ता छन् माध्यम

अब काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल अनलाइनबाटै तिर्न सकिने भएको छ । अनलाइनबाटै खानेपानीको महशुल तिर्न सकिने भएपछि महशुल भुक्तानी गर्न लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।  

ग्राहकको सजताका लागि अनलाइनबाटै खानेपानीको बिल तिर्न सकिने व्यवस्था गरेको काठमाडौं उपत्यका खानेपानीले जनाएको छ । 

अब इसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबाट काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी गर्न सकिने छ ।

 इसेवाको वेबसाइटबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी सेवा शुरू भएको मोबाइल एपमा पनि छिट्टै उपलब्ध हुने इसेवाले जनाएको छ ।

त्यस्तै एमएमबि र नेपाल इन्भेष्टमेन्ट बैंकबाट यो सेवा केही दिनमै शुरू हुने कम्पनीले जनाएको छ । साथै काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा गएर पनि महशुल भुक्तानी गर्न सकिने छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनलाइन सेवा Kathmanduwater.org बाट खानेपानी लिकेज, खानेपानी वितरण तालिका, मिटर रिडिङ लगायतको जानकारी लिन सकिने छ । 
 

सम्बन्धित समाचार