कीवर्डहरू -

फोरजी विस्तारमा आक्रामक टेलिकम, एक महिनामा टेलिकमले करिब ७ लाख ग्राहक थप्दा एनसेलका ३४७ मात्रै थपिए 

फोरजी विस्तारमा आक्रामक टेलिकम, एक महिनामा टेलिकमले करिब ७ लाख ग्राहक थप्दा एनसेलका ३४७ मात्रै थपिए 

नेपालमा करिब १ करोड ४५ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनाको एमआईएस रिपोर्टका अनुसार नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ४४ लाख ८३ हजार ६५६ रहेका छन् ।

गत कात्तिकको तुलनामा कात्तिकमा फोरजीका ग्राहक ६ लाख ९६ हजार २३७ ले बढेका छन् । गत कात्तिकमा फोरजी प्रयोगकर्ता १ करोड ३७ लाख ८७ हजार ४१९ थिए ।

फोरजी विस्तारमा नेपाल टेलिकम निकै आक्रामक देखिएको छ । एक महिनाको अविधिमा नेपाल टेलिकमले ६ लाख ८८ हजार ८३९ फोरजी प्रयोगकर्ता बढाएको छ भने एनसेलले ३४७ जना फोरजी प्रयोगकर्ता बढाएको छ ।

एक महिनामा स्मार्ट टेलिकमले पनि आफ्ना फोरजी ग्राहक बढाएको छ । कात्तिकमा १ लाख ५३ हजार ७४५ फोरजी प्रयोगकर्ता रहेकोमा मंसिरमा बढेर स्मार्ट टेलिकमका १ लाख ६० हजार ७९६ प्रयोगकर्ता पुगेका छन् ।