कीवर्डहरू -

इतिहासमै पहिलो पटक बोनस शेयर दिदै नेपाल टेलिकम

इतिहासमै पहिलो पटक बोनस शेयर दिदै नेपाल टेलिकम

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इतिहासमै पहिलो पटक आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ ।

फागुन ३० गते बसेको टेलिकमको सञ्चालकको समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत लाभांश दिने भएको प्रस्ताव गरेको हो ।

उक्त बैठकले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस गरी जम्मा ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बोनस शेयर तथा नगद वितरणको प्रस्ताव अनुमोदनका लागि १४ औं वार्षिक साधारणसभामा सिफारिस गर्ने निर्णय समितिले गरेको छ ।

अहिले टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । अब २० प्रतिशत बोनस शेयर दिएपछि टेलिकमको पुँजी ३ अर्ब रुपैयाँले थपिएर १८ अर्ब रुपैयाँ पुग्ने छ ।