कीवर्डहरू -

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका ४ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको हो ।

आईपीओ निस्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको आईडिया टु आईपिओ सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो ।

क्यापिटलले आईडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने छ ।