कीवर्डहरू -

निमा एकेडेमी र दूरशिक्षाबीच सहकार्य, अब अनलाइनमै स्टिम कोर्ष पढ्न सकिने

निमा एकेडेमी र दूरशिक्षाबीच सहकार्य, अब अनलाइनमै स्टिम कोर्ष पढ्न सकिने

अब अनलाइनबाटै स्टिम कोर्ष पढ्न पाइने भएको छ । निमा एकेडेमी र दूरशिक्षाको सहकार्यमा आईतबार ‘ जुनियर मेगामाइण्ड ’ कार्यक्रम सार्वजनिक भएको हो ।

उक्त कार्यक्रम अन्तर्गत स्टिम अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितसहित मिश्रण कोर्ष तयार पारिएको छ ।

शिक्षाबीचको खाँडललाई कम गर्ने उद्देश्यसहित जुनियर मेगामाइण्ड कार्यक्रम लिएर आएको निमा एकेडेमीले जनाएको छ । यसबाट विद्यार्थीहरूले आफ्नो रूचीको क्षेत्र पत्ता लगाएर मेगामाइन्डको यात्रामा अघि बढ्ने सक्ने जनाइएको छ ।

\"\"

मेगामाइण्ड भर्खरै विद्यालयमा प्रवेश गरेका र आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त ज्ञान सिकाउने अवधारणा हो ।

मेगामाइन्ड अनलाइन र अफलाइन दुबै तरिकाबाट सिक्न सकिने छ । इन्टरनेट नभएको ठाउँमा पनि इन्टरनेट भएको बेला डाउनलोड गरेर अफलाइनमा पढ्न सकिने छ ।

मेगामाइन्डको स्टिम कोर्ष पढेपछि विद्यार्थीहरू रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्सदेखि कोडिङसम्म विश्वभर माग भएका सीपमा दक्ष बन्न सक्ने छन् ।

मेगा माइन्डको पाठ्यक्रम हाललाई कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई लक्षिग गरेर तयार पारिएको छ । यी अतिरिक्त विषयवस्तुलाई पनि चरणवद्ध ढंगले पाठ्यक्रममा समावेश गरेर निजी र सरकारी दुवै खाले विद्यालयमा यथासिघ्र लागु गर्न सके नेपालको शैक्षिक क्षेत्रमा नयाँ आयाम थप हुने निमा एकेडेमीले जनाएको छ ।

\"\"

जुनियर मेगामाइन्ड कोर्ष नै किन ?

समस्या समाधान गर्ने क्षमता विकास गर्न, रचनात्मक सोच्ने क्षमताको विकास गर्न, प्रभावकारी रूपमा सञ्चार गर्न, तार्किक क्षमता विकास गर्न, नवीनतम खोज गर्न, आत्मविश्वास बढाउन यसको महत्वपूर्ण भूमिका हुनेछ ।

त्यस्तै सफलताको बाटोमा जान, शिक्षण सिकाइलाई जीवनोपयोगी बनाउन तथा नयाँ विषय, सोच र अवधारणालाई सहजै आत्मसात गर्न सक्ने सीपको विकास गर्न जुनियर मेगामाइण्ड आवश्यक रहेको बताइएको छ ।