कीवर्डहरू -

सूचना महामार्गः चैतसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो 

सूचना महामार्गः चैतसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो 

हालसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको छ । मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग परियोजना अन्तर्गत चैत मसान्तसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सूचना महामार्ग निमार्ण परियोजनालाई अगाडि बढाएको छ । प्राधिकरणले सूचना महामार्ग निमार्ण परियोजनालाई ३ प्याकेजमा  विभाजन गरेको छ ।

प्याकेज १ अन्तर्गत प्रदेश १,२ र बागमति प्रदेश छन् । यी ३ वटा प्रदेशमा फाइबर बिच्छ्याउने जिम्मा नेपाल टेलिकमले लिएको छ ।

प्राधिकरणका अनुसार चैतसम्म प्याकेज १ अन्तर्गत १ हजार २८२ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको छ । सम्झौता बमोजिम टेलिकमले २१७९ किलोमिटर फाइबर बिच्छ्याउनु पर्नेछ ।

त्यस्तै प्याकेज २ (गण्डकी र लुम्बिनी प्रदेश) अन्तर्गत फाइबर बिच्छ्याउने जिम्मा पाएको युनाइटेड टेलिकमले सम्झौता बमोजिम काम नगरेपछि प्राधिकरणले सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णय उपर युनाइटेड टेलिकम सर्वोच्च अदालत गएपछि उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले प्राधिकरणलाई अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतबाट उक्त रिटको टुंगो अहिलेसम्म नलागेपछि गण्डकी र लुम्बिनीमा काम अगाडि बढ्न सकेको छैन् । त्यहाँको कार्य प्रगति शुन्य छ । गण्डकी र लुम्बिनी कुल २१६० किलोमिटर फाइबर बिच्छ्याउनु पर्नेछ ।

त्यसैगरी प्याकेज ३ (कर्णाली र सुदूरपश्चिम प्रदेश) अन्तर्गत चैतसम्म २७५ किलोमिटर फाइबर बिच्छ्याइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९९२ किलोमिटर फाइबर बिच्छ्याउने जिम्मा नेपाल टेलिकमले पाएको छ ।