कीवर्डहरू -

यसरी पठाउनुहोस् ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज

यसरी पठाउनुहोस् ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै गूगल एसिस्टेन्टमा बोलेरै मेसेज पठाउन सक्छन् । गाडि चलाउँदा, कसरत गर्दा वा अरु कुनै व्यस्त खालको काम गर्दा यस फिचरले एकदमै सहयोग गर्ने गर्दछ । यो फिचर तपाईको स्मार्टफोन हेडफोनसँग कनेक्ट हुँदा पनि प्रयोग गर्न सक्नुहुनेछ ।

यसका लागि सर्वप्रथम आफ्नो एन्ड्रोइड फोन वा ट्याबलेटमा होम बटनलाई टच गरेर होल्ड गर्नुहोस् वा ओके गूगल भन्नुहोस् । अब सेण्ड अ मेसेज टू भनेर आफ्नो कन्ट्याक्टको नाम लिनुहोस् । अब तपाईकोे भ्वाइस एसिस्टेन्टले आवाज चिनेपछि कुन एपबाट मेसेज पठाउने हो भनेर तपाईलाई सोध्ने गर्दछ ।

यहाँ तपाइले डिफल्ट मेसेज एप, ह्वाट्सएप वा तपाईका फोन कन्ट्याक्ट प्रयोग गर्ने कुनै पनि एप छान्न सक्नुहुनेछ । तपाइले एप छानेपछि गूगल एसिस्टेन्टले तपाईलाई मेसेज माग्छ ।

तपाईले लामो समयसम्म बोल्नुभएन भने गूगल एसिस्टेन्टले सुन्न छाडिदिने गर्दछ । मेसेज पठाएमा गूगल एसिस्टेन्टले मेसेज दोहाराउने गर्दछ र एस भनेपछि पनि पुनः गूगल एसिस्टेन्टले मेसेज दोहाराउँछ र मेसेज सेण्ड हुने गर्दछ ।