कीवर्डहरू -

३ दिनसम्म ब्याट्री टिक्ने नोकिया जी २१ फोन नेपालमा, मास्क लगाएरै अनलक गर्न सकिने

३ दिनसम्म ब्याट्री टिक्ने नोकिया जी २१ फोन नेपालमा, मास्क लगाएरै अनलक गर्न सकिने

नोकिया जी सिरिज अन्तर्गत् नेपालमा नयाँ नोकिया जी २१ सार्वजनिक गरेको छ । ६.५ इन्च डिस्प्ले सुविधा भएको यसमा ९० हर्जको रिफ्रेस रेट रहेको छ ।

फोनमा २ वर्ष ओएस अपडेट र ३ वर्ष सेक्युरिटी अपडेट सुविधा पाइने कम्पनीले जनाएको छ । यसमा मास्क मोड पनि रहेको छ, जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहिचान गरी अनलक गर्न सक्छ ।

फोन एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित रहेको छ । नोकिया जी २१ मा ३ दिनको ब्याट्री ब्याकअप पाइने कम्पनीको दावी छ । कम्पनीले फोनमा ५०५० एमएएचको ब्याट्री राखेको छ ।

ट्रिपल-लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ ।

यसमा स्पोटिफाई र एक्सप्रेस पहिले नै उपलब्ध भएस आएको छ । एक्सप्रेस भीपीएन ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने छ ।

६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको नोकिया जी २१ को मूल्य २२ हजार ९९९ रूपैयाँ तोकिएको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।