कीवर्डहरू -

३० हजारमा दाहुवाका सिसिटिभी किन्दा उपहारै उपहार, स्कुटरदेखि ल्यापटपसम्म जित्न सकिने

३० हजारमा दाहुवाका सिसिटिभी किन्दा उपहारै उपहार, स्कुटरदेखि ल्यापटपसम्म जित्न सकिने

विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि ५ सयसम्मका उपहार पाईने भएको छ ।

नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रालिले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ ।

नेपाली बजारमा अधिक रुचाइएको उक्त सिसि क्यामेरा कम्पनीले आफ्ना उपभोत्ताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो ।

बिध म्यानेजमेन्ट प्रालि र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताद्धारा कम्तिमा तिस हजार बराबरको सिसिक्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो ।

यस योजनामा ग्राहकले उपहारमा ई-स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, ईन्डक्सन चुल्हो, मिक्सर/ग्राईन्डर, स्मार्ट मोबाईलदेखि हात खाली नजाने १ हजार, ७५० र ५०० रूपैयाँको नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै नेपालभरीका कम्पनीका आधिकारी डिलरहरुलाई समेत उनीहरुका बिक्रिका आधारमा थुप्रै योजनाहरु अघि सारेको छ ।

दाहुवा सिसिटिभी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्रान्ड हो । यो बजारमा पाईने अन्य ब्रान्डको तुलनामा गुणस्तरिय, भरपर्दो, सस्तो र सुरक्षित छ ।

उपहारसँगै बिध म्यानेजमेन्टले घर/टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सिसिटिभीको प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मुल्य २५ हजार रूपैयाँ कायम गरेको छ ।

यसका साथै बिध म्यानेजमेन्ट प्रालिद्धारा नेपालका ७७ वटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आह्वान समेत गरेको छ ।