कीवर्डहरू -

ट्रयाक गर्ने यूआरएललाई अब मोजिला फायरफक्सले हटाउने

ट्रयाक गर्ने यूआरएललाई अब मोजिला फायरफक्सले हटाउने

मोजिला फायरफक्सले अब आफै ट्रयाक गर्ने किसिमको यूआरएललाई हटाउने भएको छ । यसले फेसबुक जस्ता एपहरुलाई अरू वेबसाईटमा ट्रयाक गर्नका लागि प्रतिबन्ध लगाउने छ ।

यूआरएलको अन्त्यमा हुने क्यारेक्टरहरुलाई मोजिला फायरफक्सले हटाउने कम्पनीले जनाएको छ । यस्ता क्यारेक्टरहरुलाई प्रयोग गरेर फेसबुक, हबस्पट, ओलिटिक्स र अरु कम्पनीहरुले डेटा ट्रयाक गर्ने र विज्ञापनका लागि प्रयोग गर्ने गरेका थिए ।

यी क्यारेक्टरलाई क्वेरी प्यारामिटर पनि भनिन्छ । यो फिचरलाई सुचारु गर्न प्राइभेसी र सेक्युरिटी सेटिङमा गएर इन्ह्यान्सड ट्रयाकिङ प्रोटेक्सन अन्तर्गत स्ट्रीक्ट सेलेक्ट गर्नुपर्ने हुन्छ ।

प्राइभेट मोडमा यसले काम गर्दैन् तर तपाईले एड्रेस बारमा गएर about:config टाइप गर्नुभएमा यस फिचरलाई सुचारु गर्न सक्नु हुनेछ ।