कीवर्डहरू -

कसरी खेल्ने स्न्यापच्याटमा गेम ? 

कसरी खेल्ने स्न्यापच्याटमा गेम ? 

सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अपडेट दिन मिल्ने, भिडियो, फोटो तथा च्याटका मार्फत कुराकानी गर्न मिल्ने हुँदा यो एप निकै चर्चित छ ।

टिकटक जस्तै फिचर रहेकाले पनि यो एपलाई धेरैले मन पराउने गरेका छन् । के तपाईलाई थाहा छ ? स्न्यापच्याटमा गेम पनि खेल्न सकिन्छ । यस कारण पनि धेरै प्रयोगकर्ताहरुलाई आकर्षित गर्न स्न्यापच्याट सफल भएको छ । आज हामी स्न्यापच्याट गेम कसरी खेल्ने बारे जानकारी दिदैछौं ।

यसरी खेल्नुहोस् गेम

सुरूमा आफ्नो स्मार्टफोनमा स्न्यापच्याट एप खोल्नुहोस् । त्यसपछि क्यामेरामा दायाँतिर स्वाइप गरेर च्याट सेक्सनमा जानुपर्छ । अब एकल वा ग्रुप च्याट खोल्नुपर्ने हुन्छ ।

यति गरेर स्क्रीनको तल्लो दायाँ भागमा रहेको रकेट आइकनलाई थिच्नुहोस् । यसले गेम्स र मिनी ड्रयरहरु खोल्ने गर्दछ । यति गरेपछि आफूलाई खेल्न मनलागेको गेममा क्लिक गर्नुपर्ने हुन्छ । अनि मल्टिप्लेयर मोडमा गेम खेल्न सकिन्छ ।

त्यस्तै स्न्यापच्याटमा एक्लै गेम खेल्न पनि सुरूमा एपमा जानुहोस् र त्यसपछि म्याग्निनिफाइङ ग्लास भएको सर्च आइकनमा क्लिक गर्नुहोस् ।

नयाँ विन्डोमा बेस्ट फ्रेण्ड, रिसेन्ट्स,क्वीक आड र मोर भनेर सेक्सन आउने गर्दछ । त्यहाँ तपाईले गेम्स र मिनीज सेक्सन पनि भेटाउन सक्नुहुनेछ । यति गरेर आफूलाई खेल्न मन लागेको गेममा क्लिक गरेर गेम खेल्न सकिन्छ ।