कीवर्डहरू -

फेसबुक मेसेन्जरमा यसरी प्रयोग गर्नुहोस् एण्ड टू एण्ड इन्क्रिप्सन फिचर

फेसबुक मेसेन्जरमा यसरी प्रयोग गर्नुहोस् एण्ड टू एण्ड इन्क्रिप्सन फिचर

हालैमा मेटाले एण्ड टू एण्ड इन्क्रिप्सन फिचरको जाँच गरिरहेको थियो । अहिले यो फिचर सबैका लागि उपलब्ध नभएता पनि यसलाई फेसबुक मेसेन्जरमा यसरी सुचारु गर्न सकिन्छ ।

एण्ड टू एण्ड इन्क्रिप्सन फिचरले गर्दा मेसेजहरु सादा रुपमा स्टोर हुँदैनन् । इन्क्रिप्टेड मेसेजलाई पढ्न खोजेमा पनि ती अस्पष्ट रुपमा हुन्छ किनभने क्यारेक्टरहरुलाई जथाभावी राखिएको हुन्छ ।

अर्थ नखुल्न गरि मेसेजलाई इन्क्रिप्ट गरिनुनै एण्ड टू एण्ड इन्क्रिप्सन हो । यसमा मेसेज प्रेषक र प्रापकले मात्रै आ आफ्नो डिभाइसमा मेसेज हेर्न सक्छन् ।

एण्ड टू एण्ड इन्क्रिप्सन सुचारु गर्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्छ ।

\"\"

यसका लागि सिक्रेट कन्र्भसेसनमा जानुपर्ने हुन्छ । सर्वप्रथम एण्ड टू एण्ड इन्क्रिप्सन चाहिने व्यक्तिसँग च्याट खोलेर आई जस्तो देखिने माथिल्लो दायाँ भागमा रहेको आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि तल स्क्रोल गदै जाँदा गो टू सिक्रेट कन्र्भसेसन भनेर लेखिएको पाउन सकिन्छ ।

त्यहाँ क्लिक गर्दा मेसेन्जरले स्वायत्त रुपमा एण्ड टू एण्ड इन्क्रिप्सन च्याट खोलिदिने गर्दछ । यो कालो र सेता थिमको हुने गर्दछ । यसले यो साधारण मेसेन्जर च्याट होइन् भनेर बुझाउने गर्दछ ।

यसका लागि दुवै प्रयोगकर्ताले मेसेन्जर एप प्रयोग गरिरहेको हुनुपर्छ र त्योसँगसँगै दुवै पार्टीको डिभाइसले एण्ड टू एण्ड इन्क्रिप्सनको फिचरलाई सपोर्ट गर्नुपर्ने हुन्छ । सिक्रेट कन्र्भसेसन फिचर ग्रुप च्याटका लागि पनि काम गर्दैन् ।

एण्ड टू एण्ड इन्क्रिप्सन हुुँदा जिआईएफ पठाउने, अडियो वा भिडियो कल वा पैसा पठाउने पाउने गर्न भने सकिदैन् । एण्ड टू एण्ड इन्क्रिप्सन गर्दा ती प्रयोगकर्ताको दुई ओटा च्याट विन्डो देखाउँछ र हामीले लक भएको आइकनमा एण्ड टू एण्ड इन्क्रिप्सन रहेको बुझ्नुपर्छ ।