कीवर्डहरू -

नेपालको पहिलो हाइ अल्टिट्युड बलुन पिको ह्याबको सफल परीक्षण

नेपालको पहिलो हाइ अल्टिट्युड बलुन पिको ह्याबको सफल परीक्षण

काठमान्डौं विश्वविद्यालयको स्कुल अफ इन्जिनिरिङ र स्कुल अफ साइन्स अन्तर्गत विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरु टिमले पिको-ह्याबको सफल परीक्षण गरेको छ । सेडस नेपाल अन्तर्गतको सेडस केयु च्यापटरले मंगलबार पिको-ह्याबको सफल परीक्षण  गरेको हो ।

मंगलबार सफल परीक्षण भएपछि आज पनि बलुन उडाइने छ । मौसमले साथ दिएको बिहीबार उडाइने बलुन ५० मिटर माथिसम्म पुग्ने अपेक्षा गरिएको छ ।

पिको ह्याब नेपालको पहिलो हाइ अल्टिट्युड बलुन हो, जुन उदय परियोजनाको सानो रूप हो । पिको-ह्याबको परीक्षणको लागि ओरियन स्पेस र ग्रीन हाइड्रोजन ल्याबले सहयोग गरेका थिए ।

सेडस केयुका प्रेसिडेन्ट सुदन बरालका अनुसार पिको-ह्याबको सफल परीक्षण भए लगतै परियोजना उदयको पनि दशैँ अगाडिनै परीक्षण गरिने भएको छ ।

सेडस केयुले यी बाहेक क्युबस्याट, रोकेट्रेरी आदि प्रोजेक्ट घोषणा गरेको छ ।  यसका साथै, जीएनएसएस फर डिजास्टर म्यानेजमेन्ट एण्ड मिटिगेसन, क्लिनर एण्ड सेफर रकेट फ्युल र स्याटेलाइट इमेज प्रोसेसिङ लगायत विषयमा रिसर्च जारी रहेको छ । सेडस केयुले स्पेस न्युन र सपेस टक कार्यक्रम पनि संचालन गर्दै आइरहेको छ ।