कीवर्डहरू -

भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने 

भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने 

भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी गरिरहेको छ । पेमेन्ट सेवा उपलब्ध भएपछि भाइबरमै डिजिटल वालेट सिर्जना गर्न सकिने छ ।

भाइबरको प्रमुख कार्यकारी अधिकृतको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने बताएका हुन् ।

पेमेन्ट सेवाबाट बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको  ‘पेमेन्ट सर्भिस’ बैंक अकाउण्ट एवम् भिजा र मास्टरकार्डसँग लिङ्क गर्न सकिनेछ ।

भाइबरले सुरुमा प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध ‘पियर-टू-पियर’ ट्रान्सफर सार्वजानिक गर्नेछ । उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ ।

सुरूवातमा अन्य ठाउँमा सार्वजनिक गर्नुभन्दा पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरूबारे भाइबरले आफ्ना प्रयोगकर्ताहरूबाट सल्लाह-सुझाव लिने जनाएको छ ।

‘प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्ततः एक सुपर एप बन्नका लागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ,’ इयालले भने ।

गत वर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन् ।

सिइओमा नियुक्ति हुनअघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कण्टेण्ट र स्थानीयकरणजस्ता क्षेत्रहरू सम्हाल्दै आइरहेका थिए ।

हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ ।

कम्पनीको सबैभन्दा उच्च पद सम्हालिरहेका इयालले कम्पनीको महत्वाकांक्षी उत्पादन विकास र बजार विस्तारका लागि गरिने प्रयासहरूको निरीक्षण गर्दछन् ।

यसका साथै, भाइबरले आफूलाई विश्वकै अग्र स्थानमा कायम राखिरहँदा, इयाल कम्पनीको विकासमा थप सहयोग पुग्ने  नयाँनयाँ अवसरको अन्वेषणमा पनि लागि परेका छन् ।

एसीया प्यासिफिक,पछिल्लो दिनहरूमा, भाइबर सबैभन्दा तिब्र गतिमा विकास भइरहेको क्षेत्रहरूमध्ये एक हो । यस क्षेत्रमा भाइबरको प्रयोगकर्ताहरू प्रत्येक वर्ष २० प्रतिशतको दरले बढिरहेका छन् र साझेदारी योजनाहरूलाई आफ्नो क्षेत्रमा नविन ढङ्गबाट निरन्तर  सञ्चालन तथा कार्यान्वयन गर्दै आइरहेको छ ।

यस कुरालाई मध्य नजरमा राख्दै, एसीया प्यासिफिक क्षेत्रमा भाइबरको लगानी जारी छ थप देश-विशेष साझेदारहरू उत्पादन गर्दै, रणनीति र अफरहरूलाई स्थानीयकरण गर्दै र भाइबर प्रयोगकर्ताहरूलाई फाइदाहरू उपलब्ध गराउँदै अझ शीघ्र गतिमा आफ्नो युजर वेश फैलाउन राकुटेन भाइबर पूर्ण रूपमा तयार भइसकेको छ ।

नेपालमा ग्रुप च्याटमा ३८ प्रतिशत, ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्यूनिटी भ्यूवरमा ३९ प्रतिशत वृद्धिको साथ, नेपालमा भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ ।

एपले नेपालमा व्यक्तिगत प्रयोगकर्ता लगायत ठूला-साना व्यवसाय र शैक्षिक संस्थाहरूबाट  उल्लेखनीय रूपमा विश्वास र इमान्दारिता बटुलिसकेको छ ।

कोभिड-१९ को महामारीको बखत, आफ्नो आयमा २०-५० प्रतिशतसम्मको घाटा बेहोरिरहेका साना र ठूला व्यवसायहरूलाई गम्भीर रूपमा असर पारिरहेको थियो । र यी व्यवसायहरूको पुनरागमन गराउनका निम्ति राकुटेन भाइबरको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ ।

उक्त व्यवसायीहरूलाई प्रभावकारी वान-टू-मेनी (कम्यूनिटी र च्यानलमार्फत्) र वान-टू-वान कन्भर्शेसनल कमर्स ( कम्यूनिटी र च्यानलमा कुरा गरिसकेपछि प्राइभेट मेसेजिङमार्फत् ) को माध्यमबाट आफ्ना व्यवसाय डिजिटल्ली लैजान मद्दत गर्दै भाइबरले उनीहरूलाई ज्यादै प्रभावशाली अवसरहरू प्रदान गर्यो ।

यसका अतिरिक्त, राकुटेन भाइबरले विद्यालय र शैक्षिक संस्थाहरूलाई आफ्ना  शैक्षिक गतिविधिहरू सुदृढ गर्न मद्दत गरेर महत्त्वपूर्ण भूमिका खेलेको छ । एपले  विभिन्न स्ट्रीमहरूमा अनेकन् अग्रणी च्यानलहरू लञ्च गरेको थियो ।

साथै, विभिन्न स्कुलहरूसँग मिलेर बनेको टीमले भर्खरै शैक्षिक वेबिनार पनि सफलतापूर्वक सञ्चालन गरेको छ, जहाँ सहभागीहरूलाई शैक्षिक गतिविधि र सिकाईमा भाइबरको विभिन्न सहयोगात्मक सुविधाहरूबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

भाइबरलाई अब कहाँ लैजाने भन्ने स्पष्टताको साथ, इयलको नेतृत्वले उत्पादन र सेवाको विकासमा भाइबरको निरन्तर वृद्धि र नयाँ बजारहरूमा विस्तार गर्नका साथै विश्वव्यापी मेसेजिङ र एप लेण्टस्केपमा  भाइबरलाई एक प्रमुख र नवीन दावेदारको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।