कीवर्डहरू -

विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको प्लेटफर्म दिएका छौंः जेसन लि

विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको प्लेटफर्म दिएका छौंः जेसन लि

सीड्स फर द फ्युचर सबैभन्दा लामो चलिरहेको हाम्रो ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम हो । २००८ देखि विश्वभरबाट १२,००० भन्दा बढी विद्यार्थीहरूले यसमा भाग लिएका छन् ।

यस वर्ष हामीले नेपालबाट ७ जना प्रतिभाशाली विद्यार्थीहरूलाई बैंकक, थाइल्यान्डमा रहेको हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाएकोमा मलाई धेरै गर्व छ ।

टेक फर गूड प्रतियोगिताको लागि म उहाँहरूलाई र उहाँहरूको शानदार विचारप्रति शुभकामना प्रकट गर्दछु ।ह्वावेमा डिजिटल प्रतिभाहरू डिजिटल विकासको आधार हो भन्ने हामी बुझ्छौं ।

हामी सबै १७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढवा दिइरहेका छौं । मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ भनेर हामी सबै सहमत हुन सक्छौं ।

यस रूपान्तरणको मुटु प्रतिभाशाली युवा व्यक्तिहरू हुनेछन् । सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको विकास गर्न योगदान दिने आशा गर्छौं ।

मलाई आशा छ कि यस वर्षको टेक फर गूड प्रतियोगिताको लागि विद्यार्थीहरूले विकास गरेको विचार वास्तविकतामा परिणत होस् ।

आईसिटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नयाँ प्रविधिहरू प्रस्तुत गर्न प्रतिबद्ध रहेको छ । हाम्रो लक्ष्य सधैं समाजमा भ्यालु निर्माण गर्ने रहेको छ । हामीले त्यो हाम्रा उत्पादन र सोलुसनहरू मार्फत गरेका छौं ।

हाल सरकारी एजेन्सी, मोबाइल नेटवर्क अपरेटर, इन्टरनेट सेवा प्रदायक र निजी उद्यमहरूसँग नेपालको प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।

सबै आईसिटी सरोकारवालाहरूसँग ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टरहरू, क्लाउड र कम्प्युटिङ र अन्य नयाँ प्रविधिहरू मार्फत साझेदारी गरेर नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्ने आशा गर्दर्छौं ।

सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम हुन चाहन्छौं ।

यस वर्ष छनोट भएका ७ जना विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले खेलिरहेको भूमिका फस्ट–ह्यान्ड हेर्न सक्नेछन् । मलाई आशा छ कि उनीहरू फर्किएपछि उनीहरूले आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन् ।

(लि ह्वावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालयका सहायक बोर्ड निर्देशक हुन्)