कीवर्डहरू -

त्रिविले बीएससी सीएसआईटीमा नयाँ भर्ना खुलाउँदै, कहिले हुन्छ प्रवेश परीक्षा ? 

त्रिविले बीएससी सीएसआईटीमा नयाँ भर्ना खुलाउँदै, कहिले हुन्छ प्रवेश परीक्षा ? 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान तथा प्रविधि अध्ययन संस्थानले  बीएससी सीएसआईटीको नयाँ भर्नाका लागि आउँदो कात्तिक १९ गते प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

बुधबार सूचना निकाल्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नयाँ भर्नाका लागि कार्यक्रम तालिका प्रकाशित गरेको हो । प्रवेश परीक्षाका लागि भदौ २३ गतेदेखि अनलाइनबाटै आवेदन दिन सकिने छ ।

भदौ २३ गतेदेखि असोज गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिने वेबसाइट भदौ २३ गते बिहान १० बजेदेखि खुला गरिने संस्थानले जनाएको छ ।

दोब्बर दस्तुरमा असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दस्तुर १५ सय रूपैयाँ रोकिएको छ । प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र पछि तोकिने संस्थानको भनाइ छ ।

\"\"