कीवर्डहरू -

अहिलेसम्म ४२ हजार बढीले लिए आईएमई पेको भिसा कार्ड, यो वर्ष १ लाखलाई वितरण गर्ने योजना 

अहिलेसम्म ४२ हजार बढीले लिए आईएमई पेको भिसा कार्ड, यो वर्ष १ लाखलाई वितरण गर्ने योजना 

अहिलेसम्म ४२ हजार बढी प्रयोगकर्ताले आईएमई पेको भौतिक भिसा कार्ड लिएका छन् । आईएमई पेको निःशुल्क भिसा कार्ड वितरण गर्ने योजना अनुसार हालसम्म ४२ हजार बढीले भौतिक भिसा कार्ड लिएका हुन् ।

आईएमई पेले भर्चुअल र फिजिकल दुबै कार्ड प्रदान गर्दै आएको छ । नेपालको वालेट उद्योगमै भौतिक कार्ड प्रदान गर्ने आईएमई पे पहिलो वालेट भएको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले बताए ।

अहिले बैंक तथा वित्तिय संस्थाले भिसा कार्ड उपलब्ध गराइरहेका छन् । बैंकबाट कार्ड लिन बैंकमा गएर खाता खोल्नु पर्‍यो । त्यसपछि कार्डका लागि आवेदन दिनुपर्‍यो, यो प्रक्रिया झन्झटिलो छ ।

\"\"

सीईओ आमोद भट्टराई


बैंकबाट कार्ड पाउन कम्तिमा पनि एक हप्ता लाग्छ । तर आईएमई पेबाट भने तुरून्तै कार्ड पाउन सकिन्छ । यस सुविधाले बैंकमा गएर कार्ड लिने झन्झटबाट मुक्त गर्ने कम्पनीको विश्वास छ ।

आईएमई पेको भौतिक भिसा कार्ड भनेको एटिएम कार्ड जस्तै हो । भिसा कार्डबाट कारोबार गर्न आईएमई पे वालेटमा पैसा भने हुनुपर्नेछ । उक्त भिसा कार्डमार्फत अनलाइन कारोबार, पोस मेसिन र एटिएमबाट पैसा झिक्न सकिने छ ।

एपबाट क्युआर स्क्यान गरेर कार्ड लिंक गरेपछि मात्र कार्डबाट कारोबार गर्न सकिन्छ । कारोबारका लागि आईएमई पेमा पैसा भने हुनुपर्छ ।

यो वर्ष १ लाखलाई भौतिक भिसा कार्ड वितरण गर्ने योजना राखिएको उनले बताए ।   भौतिक भिसा कार्ड केन्द्रिय कार्यालय वा नजिकको एजेन्टबाट लिन सकिन्छ ।

कार्ड हराएमा एपबाटै ब्लक, अनब्लक गर्न सकिन्छ । साथै कार्डको पीन रिसेट र डिएक्टिभेट पनि एपबाटै गर्न सकिन्छ । भौतिक कार्डबाट पस मेसिनमा ट्याप गरेर पेमेन्ट पनि गर्न सकिन्छ ।

भिसा नेटवर्कमा उक्त कार्ड प्रयोग गर्न सकिन्छ । भौतिक र भर्चुअल दुबै कार्डको भ्यालिडिटी ३ वर्षको हुन्छ । भौतिक कार्ड रिन्यु केन्द्रिय कार्यालय वा एजेन्टबाट गर्न सकिने छ । त्यस्तै आईएमई पे एपबाटै भर्जुअल कार्ड लिन सकिन्छ भने एपबाटै रिन्यु गर्न पनि सकिन्छ ।

युवा वर्गलाई लक्षित गर्दै ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा भिसा कार्ड वितरण गरिरहेको भट्टराईको भनाइ छ ।

\"\"