कीवर्डहरू -

हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता

हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता

हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको छ । हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको हो ।

यसले लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रो रेमिटकी निमित्त सीईओ सुदिना गौतम र एनसीएचएलका सीईओ निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।