बुधबार, १९ असोज, २०७९
Wednesday, 05 October, 2022

राष्ट्रिय वाणिज्य बैंकको खाता खल्तीमा लिङ्क गर्दा सय रूपैयाँ बोनसँगै स्मार्टफोन जित्ने मौका

खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ। साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने छन् ।

यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ।

यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर असोझ ३१ सम्म लागू हुनेछ। खल्तीमा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ ।

यस बाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। 

खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहेको बताए । 

'उपभोक्ताहरूले अब पैसा पुन: लोड गर्ने समस्याको सामना गर्नुपर्दैन,' उनले भने, 'खल्ती क धेरै प्रयोगकर्ताहरुले यो सेवा मन पराउँछन् । किनभने यसले उनीहरूलाई एक लिङ्क गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।'

 

सम्बन्धित समाचार