कीवर्डहरू -

एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक

एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक

ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुकको अग्रणी बैंक एनआईसी एशिया बैंकले पनि नयाँ अफर र छुट ल्याएको छ ।

बैंकले दशैं, तिहार, छठलगायतका पर्वको विशेष अवसरमा विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा डिजिटल भुक्तानी प्रवद्र्धत तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ । यो एक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने योजना हो । जसले डिजिटल भुक्तानी विस्तार गर्न सहयोग गर्ने छ ।

‘आम ग्राहक बर्गलाई भुक्तानीमा सहज होस् भनेर हामीले विभिन्न योजनाहरु ल्याइरहेका छौं,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने भने, ‘मुलुकभर डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न महान चाडपर्वको अवसरमा हामीले विभिन्न स्टोरहरुमा छुट तथा क्यासब्याकको अफर ल्याएका छौं ।’

यी शाखाहरुबाट कारोबार गरेर धेरैभन्दा धेरै फाइदा उठान सकिने बैंकले जनाएको छ । बैंकले ल्याएको यस योजनाअनुसार भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखा)लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक तथा छुट उपलब्ध छ ।

बैंकले यो योजना २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म लागू हुने जनाएको छ । मुलुकभर फैलिएको मुलुकको सबैभन्दा पुरानो भाट–भटेनी सुपरमार्केटमा आउने लाखौं ग्राहकलाई ध्यानमा राखेर यस सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ता चप्पल खरिद गरी यस बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत पीएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट काठमाडौंलगायतका मुख्य सहरमा चलेको सुपरमार्केट हो ।

मुलुकमा सञ्चालनमा रहेको यी मुख्य सुपरमार्केट तथा स्टोरमा विभिन्न सामग्रीहरू खरिद गरी एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ्ग एनआईसी एसिया बैकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यास ब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।

यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाट–भटेनी सुपरमार्केटहरू, सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने सो बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यास ब्याकको फाइदा उठाउन सक्नेछन् ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका सो बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ एवं एपबाट सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट तथा साथीमार्टमा आफ्नो स्टल पनि राखेको छ । उक्त स्टलबाट ग्राहकले नयाँ खाता खोल्न तथा डिजिटल भुक्तानी सम्बन्धी विषयमा थप जानकारी पनि लिन सक्नेछन् ।