कीवर्डहरू -

नेशनल साईबर ओलम्पियाड आयोजना हुँदै, ५० भन्दा बढी विद्यालयका टिमबीच प्रतिस्पर्धा हुने

नेशनल साईबर ओलम्पियाड आयोजना हुँदै, ५० भन्दा बढी विद्यालयका टिमबीच प्रतिस्पर्धा हुने

नेशनल साईबर ओलम्पियाड २०७९ को चौथो संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गईरहेको नेशनल साईबर ओलम्पियाड–२०७९ मंसीर ११ गते काठमाण्डौमा सञ्चालन हुनेछ ।

मंसिर ११ गते देखि सुरु हुने यस कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढी विद्यालयका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।

नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुनेछ, जसमा सहभागी हुने स्कूलहरुले मंसिरको ८ गते सम्ममा दर्ता गर्नुपर्ने छ ।

आयोजकका अनुसार यो प्रतियोगिताको तीनवटा संस्करण यस अघि २०७१, २०७२ र २०७३ मा सफल रुपमा आयोजना भईसकेको र चौथो संस्करण अझ परीस्कृत रुपमा सम्पन्न हुन गइरहेको छ । प्रतियोगिता क्वालिफाइङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा नक आउट पद्धतिबाट संचालन हुने जनाइएको छ ।

प्रतियोगितामा जनरल, करिकुलम, लोजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याब्लिङ र गसिप राउन्डहरुमा दर्ता भएका प्रतियोगी समूहबीच प्रतिस्पर्धा गराइने छ ।

प्रतियोगितामा उत्कृष्ट हुने टिमले नगद पुरस्कार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ओरिन्टेसन मंसिरको ११ गते सुरु भई अन्तिम चरणको प्रतियोगिता मंसिरको २३ गते सम्पन्न हुनेछ ।

सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने अवसर पाउने कुरा यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सम्बन्धित स्कुलमा पठाइएको फारम भरेर वा अनलाइनबाट यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् ।