मंगलबार, २० मङ्सिर, २०७९
Tuesday, 06 December, 2022
Skip Advt.

नागरिक एपबाटै आफ्नो मतदान केन्द्रसम्म जाने बाटो थाहा पाउन सकिने

नागरिक एपबाटै आफ्नो मतदान केन्द्रसम्म जाने बाटो थाहा पाउन सकिने भएको छ । आफ्नो मतदाता परिचयपत्र नागरिक एपमा लिंक गरी मतदाता क्रम संख्या र मतदान केन्द्र जाने बाटो हेर्न सकिने छ । 

नागरिक एपमा मतदाता परिचय पत्र लिंक गरेपछि क्रम संख्या र केन्द्र जाने बाटोसँगै परिचयपत्रको सम्पूर्ण विवरण थाहा सकिने छ । 

परिचयपत्रको तलपट्टि नक्सामा मतदान केन्द्र हेर्नुहोस् बटनमा क्लिक गरेर त्यसमा तपाईको मतदान स्थल सम्म पुग्न गुगल म्याप देखिने छ । सोही आधारमा तपाईको मतदान स्थलसम्म सहजै जान सकिने छ ।

 

सम्बन्धित समाचार