कीवर्डहरू -

खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज

खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज

आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले रु. ५६५ रूपैयाँमा प्याकेज खरिद गर्नुका साथै थप पुरस्कार समेत जित्न सक्ने छन् ।

खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्याकेज खरिदमा शत प्रतिशत प्रतिशत क्यासब्याक पाउनेछन् ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले विश्वभरी सबैभन्दा धेरै हेरिने खेलकुद इभेन्टहरू मध्ये यसको क्रेजलाई ध्यानमा राख्दै विश्वकपलाई थप आकर्षक र रमाइलो बनाउन यो अफर ल्याएको बताए ।

खल्ती एप भित्र नेट टिभी लगायतका अन्य टिभि प्रदायकहरूको वर्ल्डकप टिभी प्याकेजहरू उपलब्ध छन् । अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताहरूले सक्नेछन् भने लक्की ड्र को लागि योग्य हुन केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ ।

केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्नेछन्।