कीवर्डहरू -

निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम

निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै यतिबेला देशभर मतगणना चलिरहेको छ ।

सामाजिक सञ्जाल लगायत अनलाइन, टेलिभिजन लगायतका मिडियाले मतगणनाको लाइभ अपडेट पनि दिइरहेका छन् ।

यस्तो बेला निर्वाचनको मतपरिणाम सम्बन्धि मिथ्या र गलत सूचना पनि फैलिरहेका हुन सक्छन् । त्यसकारण तपाईले आधिकारिक स्रोतबाट मात्रै निर्वाचन परिणामको नतिजा लिनु उपयुक्त हुन्छ ।

यसैलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचनको परिणाम हेर्न मिल्ने सब डोमेन तयार पारेको छ । निर्वाचन परिणामा सम्बन्धि आधिकारिक सूचना दिने उद्देश्यले आयोगले यस्तो वेबसाइट तयार पारेको हो ।

उक्त साइटमा जान यहाँ क्लिक गर्नुहोस् । त्यसपछि कुन पार्टीले कहाँ जित्यो ? कसको कहाँ अग्रता छ ? लगायतको जानकारी पाउन सकिने छ ।