कीवर्डहरू -

विद्यार्थीलाई स्मार्ट बनाउँदै डिजी स्कूल

विद्यार्थीलाई स्मार्ट बनाउँदै डिजी स्कूल

डिजी स्कूलले विद्यार्थीहरूलाई स्मार्ट सिटीकाे टेक्नाेलाेजीका बारेमा जानकारी दिने उद्वेश्यले एक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

पछिल्लाे समय विश्वमा वढ्दै गएकाे स्मार्ट सिटीकाे टेक्नोलोजीका बारेमा जानकारी दिने उद्वेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे डिजी स्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

२१ औं शताब्दीकाे युगमा विद्यार्थीहरू हरेक हिसाबले आफ्नाे दैनिकीमा समेत टेक्नोलोजीकाे प्रयाेग गर्नुपर्ने हुँदा यस्ताे कार्यक्रमकाे आयाेजना गरिएकाे उनले बताए ।

बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई  नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हाे ।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो। आइजिसिएसइ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन) ले समेत  ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ।

कार्यक्रममा दशै एवं तिहारकाे अवसरमा आयाेजित चंगा चेट प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई मेडल, ट्रफी, किवाेर्ड, हेडफाेन, कप  लगायतका विभिन्न पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

सेप्टेम्बर १ देखि अक्टाेवर ९ सम्म भएकाे  प्रतियोगितामा काठमाडौं, पाेखरा, वुटवल, विराटनगर, स्याङ्जा सहितका स्थानबाट ७५ विधार्थीहरू सहभागी रहेकाे आयाेजक डिजी स्कूलले जनाएकाे छ ।