कीवर्डहरू -

विद्युतीय गाडीको चार्जर निर्माण गर्नका लागि २.६ बिलियन डलर लगानी गर्दै क्यालिफोर्निया                                         

विद्युतीय गाडीको चार्जर निर्माण गर्नका लागि २.६ बिलियन डलर लगानी गर्दै क्यालिफोर्निया                                         

क्यालिफोर्नियाले ९० हजार ओटा विद्युतीय गाडीको चार्जर निर्माण गर्नका लागि २.६ बिलियन डलर लगानी गरेको छ । क्यालिफोर्नियाले चार वर्षीया प्रोजेक्टको रुपमा ९० हजार ओटा विद्युतीय गाडीको चार्जर निर्माण गर्ने भएको हो ।

चार्जर बनाउने पूर्वाधारका लागि क्यालिफोर्नियाले १.७ बिलियन डलर खर्च गरेको छ । यति धेरै इभी चार्जर बन्नु भनेकै ईभी उद्योमा ठूलो परिवर्तन आएको मान्न सकिन्छ ।

सन् २०३५ सम्ममा पूर्ण रुपले विद्युतीय भएको वा हाइब्रिड गाडीहरु मात्रै क्यालिफोर्नियामा विक्रि गर्न पाइने भएको छ । यसले प्रयोगकर्ताहरुमाझ चार्जिङको पहुँच झनै सहज बनाउनेछ ।