कीवर्डहरू -

सोमबार टेक मिटअप हुँदै, नेपालमा प्रविधिको विकास, सम्भावना र अवसर बारे छलफल हुने

सोमबार टेक मिटअप हुँदै, नेपालमा प्रविधिको विकास, सम्भावना र अवसर बारे छलफल हुने

डेभ कम्युनिटी नेपालले सोमबार अर्थात भोलि टेक मिटअप आयोजना गर्ने भएको छ । उक्त अवसरमा डेभ कम्युनिटी नेपालले टेक डिसरप्टर्स २०२३ नाम दिइएको उक्त मिटअपमा प्यानल डिसकसन समेत हुनेछ ।

एक्सप्लोरिङ फ्युचर टेक इन नेपाल शीर्षकमा प्यानल डिसकसन हुनेछ । प्यानल डिसकसनमा वक्ताको रूपमा डेन्टेड कोड एकेडेमीका सफ्टवेयर इन्जिनियर मदन मनी अधिकारी, इभल्भला सहसंस्थापक विवेक कोइराला, थिंकल्याबला प्रमुख व्यापार अधिकृत मयंक निरौला रहेका छन् ।

त्यसैगरी वक्ताकै रूपमा नियर एरोस्पेशका सहसंस्थापक सुमनराज भट्टराई र डेन्टेड कोड एकेडेमीका संस्थापक प्रेम आचार्य समेत रहेका छन् । प्यानल डिसकसनको सहजकर्तामा जटिन भुसाल रहेका छन् ।

बिहान ११ बजेबाट उक्त मिटअप सनवे कलेजमा सुरू हुनेछ । यस कार्यक्रमा नेपालमा प्रविधिको विकासक्रम, अवसर र सम्भावना बारे छलफल गरिनेछ ।

कार्यक्रममा कोडिङ च्यालेन्ज समेत हुनेछ । यसका साथै प्राइज, ्स्वाग्स, प्रिमियम कोर्ष समेत दिइने जनाइएको छ ।