कीवर्डहरू -

एनपीनोग सेभेन कार्यशाला पोखरामा सम्पन्न

एनपीनोग सेभेन कार्यशाला पोखरामा सम्पन्न

माघ  ६ देखि ८  सम्म चलेको ३ दिने एनपीनोग सेभेन कार्यशाला पोखराको होटेल बाराहीमा आज भब्य रुपमा सम्पन्न भएको छ । इन्टरनेट एक्सचेन नेपाल र नेपाल नेटवर्क अप्रेटर्स  ग्रुपले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यशाला सम्पन्न भएको हो ।

उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई बिषयगत क्षेत्रमा नेटवर्क एडमिनिस्ट्रेसन र सिस्टम एडमिनिस्ट्रेसन विषयमा तालिम दिइएको थियो ।

३ दिनसम्म सञ्चालन भएको उक्त तालिममा सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत करिब ७५ जनाले सहभागीता जनाएका थिए ।