कीवर्डहरू -

खल्ती ७ औं वर्षमा प्रवेश

खल्ती ७ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेटले ७ औं वर्षमा प्रवेश गरेको छ ।  सबै नेपालीलाई वित्तिय पहुँच पुर्‍याउने उद्देश्यसहित सन् २०१७ जनवरी २६ मा खल्ती स्थापना भएको थियो ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ६ वर्ष विश्रामरहित सहयात्रासँगै खल्ती देशकै लोकप्रिय भुक्तानी सेवा प्रदायक बन्न सफल भएको बताए ।

‘पैसाको नया ठेगाना’ भन्ने नाराका साथ सुरू भएको खल्ती आज धेरै प्रयोगकर्ताको रोजाइमा पर्न सफल भएको छ भने नगद बोक्नुपर्ने झन्झटलाई अन्त्य गर्न लागि परेको छ ।

‘६ वर्षे यात्रमा साथ्, सहयोग, मार्गदर्शन तथा योगदान  दिने समस्त प्रयोगकर्ता, नियमनकारी निकाय, कर्मचारी, साझेदार, मर्चेन्ट, एजेन्ट्स, लगायत सबै सरोकारवालाहरु प्रति अनुग्रहित छौं,’ उनले भने,  ‘अझै नविनतम प्रविधि प्रयोग गरी आम जनजीवन अझ सहज र उत्पादनशील बनाउने कोशिस जारी राख्ने छौं ।’

खल्तीले माघ १८ (फेब्रवरी १ ) मा खल्ती मेम्बरशिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउने जनाएको छ । यस प्लान अन्तर्गत अझै विशेष अफर र सुविधा प्रधान गरिने छ।

साथै, खल्तीले विभिन्न सझेधारसँग वार्षिकोत्सव मनाउंदै अफर र गिभवे पनि ल्याएको छ। भुक्तानी सेवा बाहेक खल्तीले आफ्नो ब्रान्डको पहिचान पनि बलियो रुपमा सिर्जना गर्दै आएको छ।

आफुलाई  ‘युवा र ट्रेन्डी ब्रान्ड’ को रुपमा चिनाउने खल्तीले अधिकांश सञ्चार र दृश्यतालाई युवा पुस्तासँग सजिलैसँग सम्बन्धित हुने गरी केन्द्रीकृत गरेको छ । सबै उमेर समूहका लागि उपयुक्त ब्रान्ड बनाउन सक्दो प्रयास गरिरहेको खल्तीको दावी छ ।

यस वर्षको संदेश ‘के छ , खल्ती छ’ सबै नेपालीले आफ्नो दैनिक कुराकानीमा प्रयोग गर्ने वाक्यांश हो जसको अनुवाद हालखबर सोध्नु हो ।

यो सन्देशको लागि वैकल्पिक व्याख्याहरू पनि छन्, जहाँ  'K' शब्द 'खल्ती' र ‘छ’ शब्द ‘छैठौं वर्ष' जनाउछ, त्यसैगरी यसको अर्को अर्थ 'मसँग खल्ती छ' पनि हुन्छ।

चार युवाको आईडियाबाट सुरू भएको खल्तीमा हाल २५ लाख भन्दा बढीले प्रयोग गरिरहेका छन् भने ६० हजार भन्दा बढी एजेन्ट नेटवर्क देशभर छ ।

खल्तीबाट मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ्ग गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता सेवाहरू अनलाइन भुक्तानी गर्न सकिन्छ ।