कीवर्डहरू -

मेन्टरल्याब र लिडस्क्वार्डबिच रणनीतिक सहकार्य

मेन्टरल्याब र लिडस्क्वार्डबिच रणनीतिक सहकार्य

मेन्टरल्याब र लिडस्क्वार्डबीच रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । गुणस्तरीय तथा प्रभावकारी सेवा दिन चाहेको कम्पनीहरुलाई एसएएएस सोल्युसन प्रदान गर्नका लागि सो सम्झौता गरिएको हो ।

यस साझेदारीले मेन्टरल्याबको मार्केटिङको अनुभवलाई नेपाल, भारत, पाकिसतान, श्रीलंका, बंगलादेश तथा म्यानम्यारको लागि सहयोग हुनलाई प्रयोग गरिन्छ ।

एसएएएस सोलुसन प्लेटफर्मले विक्रि व्यवस्थापन, अटोमेसन तथा लिड क्यापचरका लागि सहयोग गर्ने गर्दछ । ग्राहकहरुका लागि एसएएएस सोल्युसनको प्लेटफर्म सब्सिक्रिप्सनमा आधारित मोडेलको रुपमा उपलब्ध हुनेछ ।

लिडस्कवार्डको अहिले विश्वव्यापी रुपमा २ हजार बढि ग्राहक रहेका छन् । लिडस्कवार्डको क्लाउडमा आधारित टेक स्ट्याकमा ग्राहक पोर्टल, डिजिटल अनबोर्डिङ तथा फिल्ड फोर्स अटोमेसन जस्ता फिचरहरु रहेका छन् । दुवै कम्पनीका उपभोक्ताले एक अर्काको फिचरहरु यस साझेदारी बापत प्रयोग गर्न सक्नेछन् ।