कीवर्डहरू -

आईस्पानको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पराजुली चयन 

आईस्पानको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पराजुली चयन 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले २२ औ साधारण सभा सम्पन्न भएको छ । माघ १६ गते भएको साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

आईस्पानको अध्यक्षमा पुनः सुधिर पराजुली चयन भएका छन् । संघको सम्पूर्ण पदाधिकारी सर्वसम्मतिमा चयन गरिएको छ ।

संघको अध्यक्षमा पराजुलीसँगै उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा सुरेन क्षेत्री, कोषाध्यक्षमा पुष्कर बडाल, कार्यकारी सदस्यहरु कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा छनौट भएका छन् ।

यस्तै सल्लाहकारमा विनय बोहारा,  विनय साउद र  प्रमेश खरेल चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृतमा  सुभास खड्का चयन भएका छन् ।

त्यस्तै आईस्पानको फंक्सनल कमिटी सदस्यमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन भएका छन् । नयाँ कार्यसमिति सपथ ग्रहण कार्य पनि सोमबार नै सम्पन्न भइसकेको छ ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।