कीवर्डहरू -

विद्युतीय भुक्तानी सेवाको मर्मत सम्भार राती १० बजेदेखि बिहान ६ बजेसम्म गर्नुपर्ने

विद्युतीय भुक्तानी सेवाको मर्मत सम्भार राती १० बजेदेखि बिहान ६ बजेसम्म गर्नुपर्ने

विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरू मर्मत सम्भार, स्तरवृद्धि वा अन्य विशेष कारणवस अस्थायी रुपमा बन्द गर्नुपर्दा कारोबार कम हुने समय (सामान्यतया राती १० बजेदेखि बिहान ६ बजेसम्म) मा गर्नुपर्ने भएको छ ।

भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यसरी सेवा बन्द गर्दा २ घण्टा सम्मको लागि सेवा अवरुद्ध हुने भएमा राष्ट्र बैंकको भक्तानी प्रणाली विभागलाई पूर्व जानकारी गराउनुपर्नेछ ।