कीवर्डहरू -

सार्वजनिक भएको २४ घण्टामै हाम्रो पेका १० हजार बढी प्रयोगकर्ता 

सार्वजनिक भएको २४ घण्टामै हाम्रो पेका १० हजार बढी प्रयोगकर्ता 

सार्वजनिक भएको २४ घण्टामै डिजिटल वालेट हाम्रो पेका १० हजार बढी प्रयोगकर्ता पुगेका छन् । हाम्रो पे शुक्रबार सार्वजनिक भएको थियो ।

नेपालको सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले हाम्रो पे सुविधा थप गरेपछि डिजिटल भुक्तानीका लागि छुट्टै एप डाउनलोड गर्नुपर्ने छैन् । हाम्रो पात्रोबाटै हाम्रो पेको सेवा प्रयोग गरी डिजिटल कारोबार गर्न सकिने छ ।

२४ घण्टामै १० हजार बढीले हाम्रो पेमा अकाउन्ट बनाएपनि केवाईसी भेरिफिकेसनमा भने ब्याकलगको समस्या देखिएको छ ।

केवाईसी भेरिफिकेसनमा देखिएको समस्यालाई समाधान गर्न टिम लागिरहेको हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतिले जानकारी दिए ।

साथै हाम्रो पेको च्याटमा १ हजार बढीले च्याट गरेका छन् । ग्राहकहरूलाई २४ सैं घण्टा सपोर्ट दिन हाम्रो पेले आफ्नै च्याटबट तयार पारेको छ ।

हाम्रो पेमा स्प्लिट एक्सपेन्स, पर्सनल एक्सपेन्स ट्रयाकर, लाईभ च्याट कस्टुमर सपोर्ट लगायतका सुविधा छन् । यी बाहेक अन्य डिजिटल वालेटमा भएका टपअप, पैसा ट्रान्सफर, बिल भुक्तानी लगायतका सुविधा छन् ।

हाम्रो पे ६ वटा भाषा नेपाली, अंग्रेजी, मैथेली, डोटेली, नेपाल भाषा, थारू भाषामा प्रयोग गर्न सकिने छ । आगामी दिनमा एपबाटै खरिद गर्न मिल्ने, मर्चेन्ट र प्रयोगकर्ताबीच सिधैं कुराकानी गर्न सकिने, सिधैं रेमिट पठाउन मिल्ने, अफलाइन पेमेन्ट र कर्पोरेटका लागि बल्क पेमेन्टको सुविधा आउने कम्पनीले जनाएको छ ।


यो पनि पढ्नुहोस्ः सुपर एपको बाटोमा हाम्रो पात्रो, अब डिजिटल भुक्तानी पनि गर्न सकिने