कीवर्डहरू -

यस्तो छ त्रिविको एमआईटी कोर्ष

यस्तो छ त्रिविको एमआईटी कोर्ष

त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संस्थानले सूचना प्रविधिमा स्नातकोत्तर तहको कोर्ष मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी (एमआईटी) सार्वजनिक गरेको छ । ६३ क्रेडिट आवर भएको यो कोर्ष चार सेमेस्टरको प्रोग्राम यस  वर्षदेखि सुरू हुन लागेको हो ।

हाल एमआईटीको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाेराम खुलाइएको छ । आगामी चैत ८ गतेसम्म यहाँ क्लिक गरी अनलाइन आवेदन दिन सकिने छ ।

प्रवेश परिक्षाको पूर्णाङ्क १०० हुनेछ । प्रवेश परिक्षा उत्तीर्ण हुनका लागि कम्तिमा पनि ३५ प्रतिशत अंक ल्याएको हुनुपर्छ ।

नेपालभर एमआईटी कोर्षको सेन्ट्रल डिपार्टमेन्ट अफ सिएसआइटी, पाटन बहुमुखी क्याम्पस, अम्रित क्याम्प्स, पद्दम कन्या क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पसमा अध्यापन गराइने छ । प्रत्येक कलेजकालागि ३० जना विद्यार्थीको सिट सिमा तोकिएको छ ।

कस्तो छ एमआईटी कोर्ष ?

चार सेमिस्टरमा डिजिटल अर्थशास्त्र तथा मार्केटिङ, क्लाउड तथा मोबाइल कम्युटिङ, साइबर सुरक्षा तथा डेटा फोरेन्सिक, ह्युमन कम्प्युटर अन्तर्क्रिया, डिजिटल गभर्नेन्स लगायतका विषय पढाइ हुनेछन् ।

यस कोर्ष पढ्नका लागि विद्यार्थीहरुले कम्युटर साइन्समा स्नातक तह, कम्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक तह (बीएससी सीएसआईटी), सूचना प्रविधिमा स्नातक तह (बीआईटी), कम्युटर एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तह अध्ययनरत विद्यार्थी हुनुपर्नेछ ।

त्यस्तै सूचना व्यवस्थापनमा स्नातक तह (बीआईएम) र बीआईएस वा कम्युटर एप्लिकेसनमा ब्याचलर अध्ययन गरेको हुनुपर्नेछ ।

एमआईटी पास गरेपछि विद्यार्थीले सरकारी वा निजी क्षेत्रमा काम गर्न सक्छन् । यसका साथै फ्रिल्यान्सिङ, अनुसन्धान वा आफ्नै व्यवसाय पनि सुरू गर्न सक्छन् ।