कीवर्डहरू -

कत्तिको सुरक्षित छ फाइभजी ? 

कत्तिको सुरक्षित छ फाइभजी ? 

फाइभजी पाँचौं पुस्ताको वायरलेस प्रविधि हो । यो वानजी, टुजी, थ्रीजी हुँदै फोरजी पछिको नेटवर्क संस्करण हो, फाइभजी ।

सञ्चार जगतलाई प्रविधिमा अब्बल र छिटो बनाउन फाइभजी तयार भएको हो । यसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दछ । फाइभजी एक नयाँ र तीब्र प्रकारको इन्टरनेट सेवा हो, जसले धेरै डेटा ह्यान्डल गर्न सक्छ । यसको कार्य सम्पादन फोरजी र थ्रीजीको भन्दा धेरै छिटो हुन्छ ।

यसलाई जुनसुकै मेसिन, वस्तुहरू र डिभाइसहरूमा जडान गर्न सकिने गरी डिजाइन गरिएको छ । यसले भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र संचार कार्यकलापहरु सञ्चालन गर्न धेरै सहज बनाउने छ ।

अघिल्लो वायरलेस प्रविधिहरूको तुलनामा, फाइभजीले छिटो गति, कम विलम्बता, सुधारिएको नेटवर्क क्षमता, राम्रो कभरेज, र विस्तारित नेटवर्क स्लाइसिङ क्षमताहरू प्रदान गर्दछ, जसको कारणले छिटो डाउनलोड, अनलाइन गेमिङ र भिडियो कन्फरेन्सिङ जस्ता क्रियाकलापहरु गर्न सजिलो हुन्छ ।

फाइभजीले उच्च फ्रिक्वेन्सीहरूको प्रयोग गर्दछ, जुन सजिलै सँग विस्तार गर्न सकिन्छ । साथै यसले सहरी क्षेत्रहरूमा राम्रो कभरेज प्रदान गर्दछ । फाइभजी डिजिटल संसारलाई परिवर्तन गर्ने उद्देश्यका साथ विकास भएको छ ।

यसले विगतमा भन्दा छिटो डेटा स्थानान्तरण गर्न सक्छ । यो क्लाउड कम्प्युटिङ गर्न पनि सक्षम छ । यस प्रविधिले सबै ठाउँका मानिसहरूका लागि इन्टरनेट अझ राम्रो, छिटो बनाउन मद्दत गर्दछ ।

फाइभजीको प्रयोग

फाइभजी एक शक्तिशाली प्रविधि हो, जसलाई विभिन्न क्षेत्रहरूमा प्रयोग गर्न सकिन्छ । मुख्यतः यसको प्रयोग दूरसंचार क्षेत्रमा डाटालाई छिटो छरितो बनाउन, क्षमता अभिवृद्धि गर्न,कम विलम्बता, र अधिक विश्वसनीय बनाउन प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी फाइभजीले स्मार्ट शहरहरू, घरहरू र उद्योगहरूको लागि महत्वपूर्ण आईओटी उपकरणहरूको ठूलो संख्यालाई समर्थन गर्न सक्छ ।

स्वास्थ्य सेवामा यसको प्रयोग गरी टेलिमेडिसिन तथा रिमोट सर्जरीहरू गर्न सहयोग गर्दछ । यसका अतिरिक्त यसले निर्माण तथा औद्योगिक क्षेत्रमा यसले मेसिन र सेन्सरहरूलाई वास्तविक-समयमा जडान गर्न, उत्पादनहरूलाई बढाउन सहयोग गर्दछ ।

यातायातको क्षेत्रमा यसले सवारी साधन र स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउन, छिटो बनाउन मद्धत गर्न सक्छ । फाइभजीको प्रयोग गरेर जुन सुकै क्षेत्रको सुरक्षा र दक्षतामा सुधार गर्न सकिन्छ। साथै हामीले यसलाई शैक्षिक, आर्थिक, राजनीतिक, सामाजिक जस्ता हरेक क्षेत्रमा प्रयोग गर्न सक्छौं ।

कत्तिको सुरक्षित छ फाइभजी ?

फाइभजी मोबाइल नेटवर्कको अघिल्लो पुस्ताको तुलनामा धेरै राम्रो सुरक्षा सुविधाहरू छन् । यसको अर्थ यो हो कि यसले साइबर खतराहरू र ह्याकिङबाट धेरै हदसम्म सुरक्षा गर्न सक्छ । यसलाई बैंकिङ तथा स्वास्थ्य सेवा जस्ता संवेदनशील क्षेत्रहरू मा निर्धक्क रूपमा प्रयोग गर्न सकिन्छ ।

परिष्कृत सुरक्षाको साथ यस प्रविधिले प्रयोगकर्ताहरूलाई नेटवर्कमा जडान हुँदा तिनीहरूको डेटा र उपकरणहरू सुरक्षित राख्दछ ।

फाइभजीलाई फोरजी, थ्रीजी तथा टुजी जस्ता आजका नेटवर्क भन्दा धेरै खतराहरु सम्बोधन गर्न विभिन्न सुरक्षा नियन्त्रकको डिजाइन गरिएको छ ।

यस्ता नियन्त्रकहरुमा न्यू म्युचुअल अथेन्टिकेसन क्यापाबिलिटी, परिष्कृत ग्राहक पहिचान सुरक्षा तथा अतिरिक्त सुरक्षा संयन्त्रहरू समावेश छन् ।