कीवर्डहरू -

अब सजिलै विन्डो ११ मा डिफल्ट एप राख्न सकिने

अब सजिलै विन्डो ११ मा डिफल्ट एप राख्न सकिने

माइक्रोसफ्टले विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज बनाउने भएको छ । सन् २०२१ मा विन्डोज ११ मा डिफल्ट एपहरु राख्न सहज नभएका कारण धेरै आलोचना भोग्नुपरेको थियो तर अब त्यस समस्यालाई माइक्रोसफ्टले समाधान गर्ने भएको छ ।

आफ्नो विन्डोज पर्सनलाइज गर्नका लागि सफ्टवेयरले वालपेपरका लागि स्टिकरको फिचर ल्याएको छ । यही सँँगै केही समय अघि माइक्रोसफ्टले पर्सनलाइजेशन सेटिंगका मार्फत प्रयोगकर्ताहरुले स्टीकर एड गर्न सक्ने र कन्टेक्सट मेन्यु मार्फत स्टीकर एडिट गर्न सक्ने फिचर पनि सार्वजनिक गरेको थियो ।

विन्डोज ११ मा नयाँ सेट प्रायोरिटी नोटिफिकेशन सेटिंग आएको छ, जुन फोकस एसिस्टेन्ट भन्दा हल्का भिन्नै रहेको छ । सफ्टवेयरमा एक नयाँ सस्टिनेबिलिटी फिचर पनि ल्याइएको छ, जसले हामीलाई डिभाइसको पावर व्यवस्थापन राम्ररी गर्न दिन्छ ।