शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

नेपालमा ४५ हजार ८८० जनाले पढेका छन् सूचना प्रविधि विषय, पुरूषको तुलनामा महिलाको संख्या कमी

नेपालमा सूचना प्रविधि विषय ४५ हजार ८८० जनाले अध्ययन गरेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्चजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार कम्प्युटर/सूचना प्रविधि विषय ४५ हजार ८८० जनाले अध्ययन गरेको देखिएको हो । 

सूचना प्रविधि पढेका ४५ हजार ८८० मध्ये ३४ हजार ८०२ पुरूष रहेका छन् भने ११ हजार ७८ जना महिला रहेका छन् । 

पुरूषको तुलनामा सूचना प्रविधि पढ्ने महिलाको संख्या कमी प्रतिवेदनमा देखिएको छ । पछिल्लो समय सूचना प्रविधि पढ्ने महिलाको संख्यामा समेत वृद्धि हुँदै गएको छ । 


 

सम्बन्धित समाचार