कीवर्डहरू -

३७.८ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा, ७३ प्रतिशतमा स्मार्टफोन

३७.८ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा, ७३ प्रतिशतमा स्मार्टफोन

३७.८ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा पुगेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार ३७. ८ प्रतिशत अर्थात २५ लाख १४ हजार ५१० परिवारमा इन्टरनेट पुगेको देखिएको हो ।

इन्टरनेट सुविधा पुग्ने नगरपालिकाको संख्या ४५.७ प्रतिशत रहेको  भने गाउँपालिकाको संख्या २१. ५ प्रतिशत रहेको छ ।

त्यस्तै ७३ प्रतिशत नेपाली परिवारमा स्मार्टफोननको पहुँच पुगेको भने साधारण मोबाइल फोनको पहुँच भने ७३.३ प्रतिशत परिवारमा पुगेको छ ।

यस बाहेक १५ प्रतिशत परिवारमा कम्प्युटर/ल्यापटप पुगेको छ । स्थानीय तह अनुसार १९.९ प्रतिशत नगरपालिका र ४.९ गाउँपालिकामा कम्प्युटर र ल्यापटपको पहुँच पुगेको छ ।