शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

विद्युतीय अतिरिक्त सेवा सञ्चालन गर्न अब प्राधिकरबाट अनुमति लिनुपर्ने, यस्तो छ मस्यौदा 

अब विद्युतीय अतिरिक्त सेवा (डिजिटल भ्यालु एडेड सर्भिसेस) सञ्चालन गर्न चाहने व्यक्तिले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिनुपर्ने भएको छ । 

प्राधिकरणले विद्युतीय अतिरिक्त सेवा सञ्चालन सम्बन्धि कार्यविधि, २०७९ को मस्यौदामा यस सम्बन्धि व्यवस्था गरेको हो । 

सेवा सञ्चालन गर्न चाहने व्यक्तिले नियम अनुसार आफुले सञ्चालन गर्न चाहेको सेवा सम्बन्धि कार्य सञ्चालन योजना संलग्न गरी प्राधिकरणमा निवेदन दिनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ । 

निवेदन दिएपछि प्राधिकरणले उक्त सेवाका लागि आवश्यक नम्बर उपलब्ध गराउने छ भने सेवा शुल्क स्वीकृत गर्नेछ । त्यसपछि सेवा सञ्चालन गर्न सकिने छ । 

उक्त मस्यौदा कार्यविधि उपर कुनै राय, सुझाव तथा प्रतिक्रिया भए चैत १७ गतेभित्र प्राधिकरणले कार्यालयमा वा [email protected], [email protected] मा पठाउन सकिने छ । 

यस्तो छ मस्यौदा 


 

सम्बन्धित समाचार