कीवर्डहरू -

खल्तीले ल्यायो सुरक्षा प्याकेज, वार्षिक ३५० रूपैयाँमा २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा  

खल्तीले ल्यायो सुरक्षा प्याकेज, वार्षिक ३५० रूपैयाँमा २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा  

खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामकको स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ । ३५० रूपैयाँको वार्षिक सब्स्क्रिप्सनमा उपलब्ध यस प्याकेजमा प्रयोगकर्ताले रू.२ लाख ३० हजारसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै रू. १.५ लाखको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन् ।

खल्तीले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्य गरि इन्स्योरेन्स बिमामा अस्पताल भर्ना तथा दुर्घटना बीमामा रू.२,३०,००० दाबी गर्ने सुविधा समावेश गरेको छ ।

यसका साथै खल्ती सुरक्षाको सदस्यता लिएका प्रयोगकर्ताले जो कोहीले पनि मृत्यु र अशक्तता, दुर्घटना र अन्त्येष्टि खर्च जस्ता उल्लिखित परिस्थितिहरूमा आफ्नो चिकित्सा बीमा दाबी गर्न सक्छन् ।

यस लगायत खल्तीले यो सदस्यता अन्तर्गत आँखा, कपाल, छाला सम्बन्धित स्वास्थ्य सेवाहरू पनि समावेश गरेको छ। साथै खल्तीले यो सदस्यता अन्तर्गत आँखा, कपाल, छाला र अन्य यस्ता सेवाहरूमा स्वास्थ्य सेवा सुविधा पनि समावेश गरेको छ।

यी फाइदाहरू दाबी गर्न प्रयोगकर्ताहरूले आफ्नो खल्तीमा छुट र क्यासब्याकका  प्रोमोकोडहरू पाउनेछन् जुन बिल भुक्तानी गर्दा प्रयोग गर्न सकिन्छ।

यस सेवाको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रयोगकर्ताहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षा प्याकेज ल्याएको बताए ।

यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले खल्ती सुरक्षा प्याकेज मार्फत आउँदा दिनहरूमा पनि थप प्रयोगकर्ताहरूलाई लाभान्वित हुने बताए ।