उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय , उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आउन थालिसकेको जनाएको छ ।
उद्योग विभाग , त्रिपुरेश्वरका महानिर्देशक रामचन्द्र तिवारीले सूचना निकालेको भोलिपल्टदेखि नै स्टार्टअप उद्यमीहरुले आवेदन दिन थालेको जानकारी दिए ।
उनले लिभिङविथ आइसीटीलाई भने , ‘ विभागले सूचना निकालेको भोलिपल्टदेखि नै विभिन्न क्षेत्रमा उद्यमीहरुले आवेदन दिन थालिक्नु भएको छ । उहाँहरुले दिएको आवेदन अबको २१ दिनभिसम्म लिन्छौं। ’
विभागका महानिर्देशक तिवारीका अनुसार स्टार्टअप उद्यमीले दिएको निवेदनका आधारमा पहिलो चरणमा छनोट गर्ने त्यसको करिब २ महिनामा कर्जा प्रवाह गरिनेछ ।
निवेदन दिने उद्यमीहरुले कहिलेसम्म कर्जा पाउँछन् भन्न प्रश्नमा महानिर्देशक तिवारीले भने , ‘ पहिला कुन कुन क्षेत्रमा कति आवेदनहरु पर्छ्न , त्यसको आधारमा मुल्यांकन गरेर समय निर्धारण हुन्छ। धेरै आवेदन परेमा २ देखि ४ महिना पनि लाग्न सक्छ । तर थोरै परेमा २ महिनाभित्रै कर्जा प्रवाहको राष्ट्र बैंकसँग समन्वय गर्नेछौं। ’
उनले यही विषयमा उद्योगमन्त्रालयमा छलफल र विभागमा पनि नियमित रुपमा मिटिङसमेत भइरहेको जानकारी दिए ।
विभागले सूचना निकालेको २१ दिन भित्रमा नवीनतम ज्ञान , सोच , सीप र क्षमता भएकाहरूले विभागमा कर्जाका लागि आवेदन दिन सकिने जनाइएको छ । चुक्ता पूँजी ५० लाख बढी नभएको स्टार्टअपले कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
उक्त कार्यविधि अनुसार २५ लाख रुपैयाँसम्मको कर्जा पाइने छ , जसको ब्याजदर ३ प्रतिशत मात्र हुनेछ । स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म विना धितो अर्थात आफ्नै व्यवसाय धितोमा राखेर कर्जा पाउने छन् । एक उद्यमीले एकभन्दा बढी प्रस्ताव गर्न पाइने छैन ।
आवेदन दिँदा प्रस्तावको साथमा कम्पनी वा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी , स्थायी लेखा नम्बरको प्रतिलिपी , अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी र कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपी पनि पठाउनु पर्नेछ । प्रस्ताव उद्योग विभागमा वा [email protected] इमेलमा पठाउन सकिने छ । प्रस्तावसहित संलग्न कागजातहरू स्क्यान गरी एउटै पीडीएफ फाइलमा पठाउनु पर्नेछ ।
स्टार्टअप उद्यमलाई कर्जा दिने कार्यविधिमा के छ ?
उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय , उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि कार्यविधि तयार गरेको छ ।
विभागले नवीनतम ज्ञान , सोच , सीप र क्षमता भएकाहरूका लागि स्टार्टप उद्यम कर्जा कोष कार्यविधि २०७९ तयार पारेको हो ।
उक्त कार्यविधि अनुसार उद्यम गरिरहेका स्टार्टअप उद्यमीको चुक्ता पुँजी ५० लाखभन्दा बढी पूँजी नभएको हुनु पर्नेछ भने उद्यमको
कूल आय ५० लाखभन्दा बढी नभएको हुनुपर्नेछ ।
यस्तै स्थिर पूँजी ( घरजग्गाको मुल्यबाहेक ) २ करोडभन्दा बढी नभएको हुनु पर्नेछ। यस्तै उद्यममा पूर्णकालीन कामदारको संख्या ज१० भन्दा कम नै हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
यस्तै उद्यमले वार्षिक रुपमा गर्नु कूल खर्चको कम्तिमा ५ प्रतिशत अंक उत्पादन विकास , बजार विकास एवं अनुसन्धान र विकास खर्च गरेको हुनु पर्नेछ ।
कुनै वस्तुको सेवा प्रवाह वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवं सृजनशील सोचको प्रयोग गर्ने उद्यम हुनु पर्ने कार्यविधिमा बताइएको छ ।
तर प्रचलित कानुन बमोजिम नेपालमा दर्ता नभएका , सूचना प्रविधि र नविनतम सोचको प्रयोग नगरी वस्तु वा सेवा विदेशबाट आयात गर्ने र विद्यामान कम्पनी वा व्यवसायीलाई टुक्रा बनाइएको वा सहायक कम्पनीक वा फर्मको रुपमा काम गरिरहेको पाइएमा स्टार्टअप उद्योग नमानिने कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तै कर प्रयोजनको लागि स्थायी लेखा नम्बर नलिएको तथा होल्डिङ कम्पनीको रुपमा उद्योगिक व्यवसाय ऐन , २०७६ बमोजिम मझौला वा ठूला उद्योगको वर्गीकरणमा पर्ने उद्यमले पनि स्टार्अप कर्जा लिन नपाइने कार्यविधिले तय गरेको छ ।
कुन कुन क्षेत्रमा स्टर्पअप उद्यम सञ्चालन गर्न सक्नेछन् ?
विभागले नविनतम ज्ञान , सोच , सी र क्षमतालाई स्टार्टअप उद्यमका रुपमा विकास गर्न सकिन्छ भनेर यी १४ क्षेत्रलाई समावेश गरेर कार्यविधि ल्याएको छ , जसमा पहिलो प्राथमिकतामा कृषि तथा पशुपन्छीमा आधारित उद्यमलाई प्रस्तावमा राखिएको छ ।
यस्तै दोस्रोमा वन ( जडीबुढी , वन पैदावार ) मा आधारित उद्यम , तेस्रोमा पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित , चौथो विज्ञान , प्रविधि , सञ्चार तथा चना प्रविधिमा आधारित , पाँचौ मानव स्वास्थ्य सेवासँग सम्न्धित , छैठौं शिक्षा तथा शिक्षण सिकाईसँग समन्धित , सातौ सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित , आठौं पूर्वाधार निर्माण कार्यसँग सम्न्धित , नवौं अटोमोबाइल्ससँग सम्बन्धित , दशौं परम्परागत प्रविधि , उत्पादन र सेवा प्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित , एघारौं खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित , बाह्रौ घरायसी वा दैनिक जीवनयापनलाई सरल , सहज , सुरक्षित बनाउन सहयोग पुग्ने र तेह्रौ खाद्य उत्पादन तथा प्रशोधन र चौधौमा फोहोमैला व्यवस्थापन तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा नयाँ ज्ञान , सोच , सीप र क्षमता भएकाहरुले स्टार्टअप उद्यमका रुपमा अपनाउन सकिने कार्यविधिले तोकेको छ ।