कीवर्डहरू -

नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको छ ।

प्रयोगकर्ताहरूलाई सुपथ मूल्यमा नवीनतम प्रविधियुक्त एवम् फ्ल्यागशिप फिचर भएका स्मार्टफोन उपलब्ध गराउँदै आएकोले रियलमी नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक हुन सफल भएको छ ।

रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१% सेटहरु मात्र मर्मतको लागि आएका थिए, जसले रियलमीका स्मार्टफोनहरुको गुणस्तरतालाई प्रमाणित गरेको छ ।

२०२२ मा रियलमीको रियलमी जीटी २ प्रो, रियलमी जीटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो +, रियलमी  ९आई, रियलमी ९आई ५जी, रियलमी नार्जो ५०आई प्राईम र रियलमी नार्जो ५०ए प्राईम सहित कुल १४ ओटा नयाँ स्मार्टफोन मोडलहरू बजारमा आएका थिए । त्यस्तै २०२३ मा रियलमीले तीन नयाँ मोडलहरू रियलमी १० प्रो+ ५जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ ।

यी फोनहरु उपभोक्ताको विविध आवश्यकता र बजेटलाई ध्यानमा राखी डिजाइन गरिएका थिए । यी सबै स्मार्टफोन मोडलहरू ग्राहकहरूले निकै रुचाएका थिए । यसले निरन्तर रूपमा उच्च गुणस्तरका स्मार्टफोनहरू उत्पादन गर्ने रियलमीको प्रतिबद्धतालाई अझै प्रष्ट पारेको छ ।

र यो वर्ष रियलमीले थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दैछ जसले गर्दा झन धेरै उपभोक्ताहरुले भ्यालु फर मनि स्मार्टफोनहरु प्रयोग गर्न पाउनेछन् । वर्षको अन्त्य सम्ममा  ग्राहकहरुले रियलमीबाट केही अझै नयाँँ र उत्कृष्ट उत्पादनहरु अपेक्षा गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरूले छिटो-छरितो, प्रभावकारी र भरपर्दो सेवा प्राप्त गरुन् भनेर सुनिश्चित गर्नको लागि रियलमीले उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।

यस बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्नु भनेको व्यापार राम्रो हुनु मात्र नभएर हाम्रो कम्पनीको मुल मान्यता पनि रहेको बताए ।

रियलमीले नेपालमा एक मजबुत ग्राहक सेवा पूर्वाधार बनाएको छ, जसमा आधिकारिक सर्भिस सेन्टरहरूका साथ साथै देशभरका ग्राहकहरूलाई चुस्त र छरितो सेवा प्रदान गर्न भरपर्दा विज्ञहरूको नेटवर्क समावेश छ ।

यस सँगै रियलमीमा २४ सै घण्टा उपलब्ध रहने ग्राहक सेवा टोली पनि रहेको छ जसमार्फत ग्राहकहरुले सजिलैसँग आफ्नो समस्याहरु समाधान गर्न सक्नेछन्  ।