बुधबार, १७ असोज, २०८०
Wednesday, 04 October, 2023

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।  

सार्वजनिक सेवावापत बुझाउन पर्ने सबै दस्तुर र सेवा शुल्क क्युआर कोड लगायतका विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने उनले बताए । 

कागजरहित सरकारको अवधारणालाई मूर्तरूप दिन सरकारका सबै केन्द्रिय निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वनमा ल्याइने छ । 

 

सम्बन्धित समाचार