कीवर्डहरू -

अब ९९९ रूपैयाँमै एसी जडान

अब ९९९ रूपैयाँमै एसी जडान

इजी सर्भिस नेपालले अब ९९९ रूपैयाँमा एसी जडान गरिदिने भएको छ । गर्मी बढेसँगै एयर कण्डिसनर (एसी) को माग अत्याधिक बढि रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाज, लगायतका ब्राण्डहरूको एसी ९९९ रूपैयाँमा जडान गर्ने भएको हो ।

यसका साथै वार्षिकरुपमा एसी मर्मत संभार गर्नका लागि एएमसी अर्थात वार्षिक शुल्क ४९९ रुपैयाँमै एसी मर्मत गर्ने समेत घोषणा गरेको छ ।

हाललाई यो सुविधा काठमाडौं उपत्यकाको लागि मात्र रहेको छ । निकट भविष्यमा अन्य शहरमा पनि विस्तार गरिने कम्पनीका सर्भिस म्यानेजर सुमन सिंहले बताए।

‘कम्पनीसँग यस क्षेत्रमा विगत १० वर्ष भन्दा बढी समयको अनुभव भएको र विभिन्न ब्राण्डका लागि काम गरेको अनुभवले नै यो नयाँ सेवा ल्याउन सकिएको हो,’ सर्भिस म्यानेजर सुमन सिंहले भने, ‘हाम्रो उद्देश्य भनेको उचित मुल्यमा समयमा नै गुणस्तरीय सेवा प्रदान गर्नुहो।‘

इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) द्वारा संचालित रहेको छ। ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसूई लगायत विभिन्न ब्राण्डको आधिकारीक सर्भिस सेन्टर चलाईरहेको छ।

यसका साथै कम्पनीले हाल टिभी, एसी, वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, माईक्रो ओभन, कोल्ड रूम, लगायतका इलेक्ट्रोनिक्स तथा समानहरुको मर्मत तथा जडान गर्ने कार्य गरिराखेको छ। यसको लागि कम्पनीका देशभरी नै ३५ ओटा लोकेसन र १२० जना भन्दा वढी टेक्निसियन, र इन्जिनियरमार्फत सेवा प्रदान गरिराखेको छ।

यो सेवाको लागि मोबाइल एपमार्फत समेत बुकिङ्ग गर्न सकिनेछ । एन्ड्रोइडमा मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।